काठमाडौं । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले देशभर वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा बिघटन लोकतन्त्रकै बिरुद्ध भएकाले पुनस्र्थापना गर्नका लागि सहर केन्द्रित आन्दोलन गर्नुपर्ने कांग्रेसले गाउँ, वडा र टोलमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
काठमाडौंका नेता कार्यकर्ताहरु पनि गाउँतिर आन्दोलन भए पनि उतै जानुपर्छ । यस्तो अवस्थामा काठमाडौंबाट कोरोना संक्रमण गाउँ गाउँ टोल टोलमा फैलिने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्–सहरमा भीडभाड हुन्छ, सामाजिक दूरी कायम हुँदैन । गाउँ र वडामा त थोरै मानिस भेला हुन्छन्, सामाजिक दूरी कायम हुन्छ । त्यही भएकाले वडा केन्द्रित गरिएको हो ।’
सर्वोच्च अदालतदेखि निर्वाचन आयोग जस्ता सबै कार्यालय काठमाडौंमा छन् । संसद पुनस्र्थापनाका लागि सहर केन्द्रित आन्दोलन नगरी केपी ओलीको सरकारका लागि सहज अवस्था बनाउने काम कांग्रेसले गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ओलीसँग भित्रभित्रै मिलेको आरोप उनले गरेको वढा केन्द्रित आन्दोलनले पुष्टि गरेको छ । संवैधानिक परिषदबाट भएका नियुक्तिमा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जयबहादुर चन्ददेखि अन्य आयोगमा १३ जना भागबण्डा लिएको आरोप छँदैछ ।
प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको मुख्य माग बनाएर सहर केन्द्रित आन्दोलन गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताको कुरा सुनुवाइ नै नगरी सभापति शेरबहादुर देउवाले वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका छन् । सभापति देउवा र ओलीबीच प्रतिनिधिसभा पुनस्र्थापना भए पनि सँगै जाने र नभए पनि आलापालो प्रधानमन्त्री हुने गोप्य सहमति भएकै कारण उनले सरकारलाई सहयोग गर्नका लागि वडा केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको आशंका गरिएको छ । संवैधानिक रुपमा प्रतिनिधिसभा बिघटनलाई सदर गर्न सक्ने अवस्था नभएकाले अदालतबाट पुनस्र्थापना भएमा देउवालाई प्रधानमन्त्री बनाउन ओली तयार भइसकेकाले पनिसंयुक्त आन्दोलन गर्ने नेकपाका अध्यक्ष पुष्यकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव देउवाले अस्वीकार गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend