Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवासको अनुसन्धान सकियोः पक्राउ पर्लान् त भाटभटेनीका संचालकसहितका यी भीभीआइपी ? 


    मंगलबार, पुष २१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशमा राजनीतिक संकट बढिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)लाई पनि एउटा संकट आइलागेको छ । अबको ४० दिनभित्र एउटा भिआईपी मुद्दाको अनुसन्धान टुंग्याउनुपर्ने दायित्व सिआइबीलाई छ ।

    गत वर्षको बहुचर्चित बालुवाटार जग्गा प्रकरणको अनुसन्धान सिआइबीमा जारी छ । जून अबको करिब ४० दिनभित्र टुंगो लगाउनुपर्ने बाध्यता उसँग छ । जसकारण सिआइबीका प्रहरीलाई तनाव बढेको छ ।

    भिआईपीहरु जोडिएको यो मुद्दामा कसलाई पक्राउ गर्ने कसलाई नगर्ने भन्नेमा सिआइबीलाई समस्या छ । ठगी तथा र्कीर्ते मुद्दाको हदम्याद एक वर्षको हुन्छ । जुन हदम्याद फागुनको पहिलो साता सकिन्छ । माथिल्लो आदेश प्रष्ट नहुँदा सिआइबीले अनुसन्धान सकेर पनि कसैलाई पक्राउ गर्न सकेको छैन ।

    अख्तियारले मुद्दा चलाएका १७५ बाहेक पनि अन्य व्यक्तिको पनि यसमा संलग्नता देखिएको छ । जसमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायत छन् ।

    त्यस्तै सर्वोच्चका न्यायाधीश कुमार रेग्मी, अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन पौडेललगायतलाई पनि उन्मुक्ति दिन सक्ने अवस्था छैन । सिआइबीको अनुसन्धानमा कांग्रेस नेता विजयकुमार गच्छेदार लगायत पूर्व मन्त्रीहरु समेत पक्राउ पर्ने देखिन्छ । त्यस्तै भाटभटेनीका मालिक मिनबहादुर गुरुङ समेत यसमा मुछिएका छन् । त्यसकारण केही साना तिना व्यक्तिलाई पक्राउ गरी ठूला बडालाई फरार बनाएर मुद्दा चलाउने सम्भावना बढेको स्रोत बताउँछ । यो मुद्दा सिआइबी मात्र होइन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका लागि समेत ठूलो चुनौती हुने देखिन्छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार