काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । गृहमन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित समिति गठन गरेको हो ।
समितिको सदस्य सचिवमा गृह मन्त्रालयकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुखलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्ने जिम्मेवारी दिइएको छ ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गर्नुभएको थियो । विघटन असंवैधानिक भन्दै सत्तारूढ नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष सहित प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीबाट विरोध भइरहेको छ ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर करिब एक दर्जन रिट संवैधानिक इजलासमा विचाराधीन छन । मुद्दा विचाराधीन र सडकमा विरोध भइरहेकै बेला सरकारले निर्वाचन तयारीका लागि सुरक्षा रणनीति बनाउन समिति गठन गरेको हो ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend