रतुवामाई (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिएका हुन् ।
आज जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिए । हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरुले अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए ।
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काङ्ग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सँधै कमजोर हुने अवस्था अब आउन नदिने बताए । अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरुसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि सङ्कल्पसहित जनतामा आएको बताए ।
गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीको विशेष स्मरण गरेको बताए । अहिलेको सरकार दुबै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको बताए ।
पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्याको नयाँ युग सुरु गरिएको स्मरण गराउँदै उनले तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महाअभियान सुरु गरेको जानकारी गराए ।
सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्त्वपूर्ण थालनी गरिएको बताए ।
आफूले प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उहाँले स्पष्ट गरे । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरुले काङ्ग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे । अध्यक्ष प्रचण्डले सरकार जसरी र जुन उद्देश्यले बनेको हो, अहिले त्यही उद्देश्य पूरा गर्न भ्रष्टचारीहरुको संरक्षणमा लागिरहेको बताए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend