Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पाथीभरामा केवलकार निर्माण स्थगित, वार्ताबाटै समाधान खोजिने


    सोमबार, फाल्गुन १२ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा(मुकुम्लुङ)मा केवलकार निर्माण स्थगित गर्ने निर्णय गरेको छ । पाथीभरामा केवलकार निर्माणको बिरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ताटोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा केबलकार निर्माण स्थगित गर्ने निर्णय भएको उल्लेख छ ।

    भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु ।’

    ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्वन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न नेपाल सरकार गृह मन्त्रालयले २० माघ, २०८१ मा वार्ता टोली गठन गरेको थियो ।

    आन्दोलनरत पक्षसँग वार्ताटोलीले गरेको वार्ता निष्कर्षबिहीन भएपछि पाथीभरा क्षेत्रमा निरन्तर प्रदर्शनहरु भइरहेका छन् । शनिबार राति ताप्लेजुङको फुङलिङमा आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबीच भिडन्त भएपछि निषेधाज्ञा नै लगाइएको थियो ।

    गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार