काठमाडौं । बालेन्द्र साह (बालेन) ले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ४५ दिन भन्दा बढी समयदेखि रिक्त छ । काठमाडौं महानगरको मेयरमा २०७९ जेठमा निर्वाचित भएका बालेनले अढाई बर्षको ४ जना प्रमुख प्रशासकीय अधिकृतलाई बिदाइ गरिसकेका छन् । महानगरको पाँचौं प्रमुख प्रशासकीय अधिकृतको स्वागतको तयारीमा रहेका बालेनको अड्डामा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विवादास्पद सहसचिव प्रेमप्रसाद भट्टराईलाई पठाउने तयारी गरेका छन् ।
ताप्लेजुङका भट्टराई प्रधानमन्त्री ओलीका स्वकीय सचिवालयमा कार्यरत झापाका दीपेन्द्र दाहालका पारिवारिक नाताभित्र पर्दछन् । दीपेन्द्रमार्फत् प्रधानमन्त्री ओलीसम्म पुगेका भट्टराईले बालेनलाई ठेगान लाउनसक्ने प्रतिबद्धता जनाएपछि उनलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने लगभग तय भइसकेको सामान्य प्रशासन मन्त्रालयका एक उपसचिवले बताए । मन्त्री गुप्तालाई समेत प्रभावमा पारिसकेका भट्टराई काठमाडौं वा ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन निकै लागेका थिए । तर काठमाडौं र ललितपुरमा उनीभन्दा शक्तिशाली सहसचिवहरु ऋषिराम तिवारी र रमेश ढकालको सरुवा भएपछि उनको सपना तुषारापात हुन पुगेपछि काठमाडौं महानगर ताकेका हुन् ।
अरबौं बजेट भएको महानगरमा आँखा लगाएका भट्टराई केही दिनअघि मोरङको प्रमुख जिल्ला अधिकारीबाट गृहमन्त्रालयमा फिर्ता भएका थिए । कांग्रेस नेता डा. शेखर कोइरालालाई खुसी पारी एक बर्षभन्दा बढी मोरङको प्रजिअ भएका उनले त्यहाँका उद्योगी ब्यवसायीलाई हदै सास्ती दिएर आर्थिक संकलन गर्दैआएको आरोप लागेको. थियो । गृहमन्त्री रमेश लेखकले उद्योगी ब्यापारीलाई दुःख दिने, आतंकित बनाउने प्रजिअ भट्टराईलाई सरुवा गर्नसकेका थिएनन् । कारण डा. कोइरालाको संरक्षण नै थियो । उद्योगी ब्यवसायीहरु त्यसै पनि मन्दीको शिकार भइरहेको बेला प्रजिअ भट्टराईले घुस मागेर थप पीडा दिने काम गरेका थिए ।
प्रजिअ भट्टराईले परिवारका सदस्य र आफन्तहरुलाई रक्सौलबाट लाखौंका ब्यक्तिगत सामान खरिद गर्न लगाउने, उद्योग प्रतिष्ठानबाट विभिन्न नेता र मन्त्रीका नाममा आर्थिक सहयोग माग्ने, नदिए अनेक निहुँ बनाएर दुःख दिने कार्य गरेको दुखेसो प्रधानमन्त्री कार्र्यालयसम्म पुगे पनि सुनुवाइ हुन सकेको थिएन । भन्सारका कर्मचारीसँग समेत प्रजिअ भट्टराईले आफन्तहरुको माग पूरा गराउन दबाब दिने गरेका थिए ।
चाकडी र चाप्लुसीमा माहिर भट्टराई जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताउँदैआएका छन् । सहसचिवमा बढुवा भएपछि लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव, प्रदेशसभाको सचिव हुँदै लामो समय ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए । लामो समय ललितपुर महानगरमा बस्दा सप्लायर्स, ठेकेदार, उद्योगी ब्यापारीहरुमार्फत् असुली गरेको आरोप लागेको थियो ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापामार्फत् हालकी परराष्ट्रमन्त्री आरजु राणासँग कनेक्सन मिलाएका सहसचिव भट्टराईले सोही सम्बन्धका कारण भक्तपुरको प्रमुख जिल्ला अधिकारी बने । आरजुलाई नै खुसी पारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बने । उनी महानिर्देशक रहेसम्म परेका उजुरी नासु प्रकाश सापकोटा र प्रहरी निरीक्षक दानसिंह मडैमार्फत् सेटिङ गरी करोडौंको चलखेलमा सबै तामेलीमा हालेका थिए ।
विभागको इतिहासमै उनको कार्यकालमा सबैभन्दा कम मुद्दा दर्ता भएको थियो । सबैभन्दा उजुरी तामेलीमा राखिएको थियो । प्रत्येक उजुरी तामेलीमा राख्दा मोलमोलाईका आधारमा करोडौं असुलेर राखिएको बिभागमा कार्यरत त्यतिबेलाका एक उपसचिव बताउँछन् ।
महानिर्देशक हुँदा कबोल गरेको रकम आरजुलाई नबुझाएपछि बिभागबाट तानिएका भट्टराईको सम्बन्ध त्यसपछि बिग्रन पुगेको थियो । बिचौलियाहरुले कबोल गरेको रकम नब्ुझाएपछि भट्टराई बुढानीलकन्ठ दरबारमा कालोसूचीमा परेका थिए । बिभागमा हुँदा करोडौं असुलेको सूचना आरजुकोमा पुगेको तर भट्टराईले कबोल गरेको रकम समेत नबुझाएकाले उनी कालोसूचीमा परेको बताइन्छ । भट्टराईजस्ता पैसाका लागि जस्तोसुकै हर्कत नगर्ने सहसचिवलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशक बनाएका कारण नेपाल अहिले सम्पत्ति शुद्धीकरणमा ग्रे लिष्टमा पर्ने अवस्था निम्तिएको छ ।
उपसचिव हुँदा अख्तियारमा कार्यरत थिए प्रेम भट्टराई ।
अख्तियारमा हुँदा नैै उनी अदालतमा मुद्दा सेटिङमा पनि लागेको आरोप लागेको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेर राणासँग कनेक्सनमा रहेका बिचौलियाका रुपमा बदनाम थिए । उनले चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुशमशेरको बिरुद्ध परेको सम्पत्ति शुद्धीकरणको उजुरीमा पनि सेटिङमा तामेलीमा हालेका थिए ।
जागिरमा रहँदा अकूत सम्पत्ति आर्जन गरेका भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न सकेको छैन । अख्तियारका प्रमुख आयुक्तको सचिवालयमै भट्टराईका आफन्त भएकाले उनीमाथि छानबिन हुन नसकेको स्रोतको दाबी छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend