काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन् ।
बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन् ।
तर, फौजी संगठनमा बढुवा-सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्राय: छैनन् ।
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए । अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए ।
पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए ।
बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन्। कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी-ज्वाइँ हुन् । बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन् ।
कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend