जाकार्ता । कुनै समय यो देश हिन्दु राजाहरुको देश थियो, जहाँ हिन्दुहरूले त्यहाँ शासन गर्थे । यस देशको जनसंख्या पनि अधिकांस हिन्दूहरूको नै थियो तर पछि यहाँ समय परिवर्तन भयो। राजाहरूले आफ्नो धर्म परिवर्तन गरे र केही समयमै सम्पूर्ण देश मुस्लिम राष्ट्र बन्न पुग्यो । मानिसहरूले पनि हिन्दू धर्मबाट मुस्लिम धर्ममा द्रुत रूपमा परिवर्तन गर्न थाले।
तर, अहिले यहाँका मुस्लिम महिलाले पर्यटकसँग ‘प्लेजर म्यारिज’ गर्छन्, यसो गर्दा उनीहरूले केही पैसा लिन्छन तर १५–२० दिन पछि विवाह समाप्त हुन्छ र फेरी नयाँ श्रीमानको खोजीमा निस्कन्छन । अब यो कुन देश हो भन्ने कुरा जान्नु हुन्छ भने यो संसारको सबैभन्दा ठूलो मुस्लिम देश हो, जसको नाम हो इन्डोनेसिया ।
यो विश्वको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य पनि हो। यहाँ आउने पर्यटकले यहाँका युवतीसँग ‘प्लेजर म्यारिज’ गर्ने मौका पनि पाउँछन् । इन्डोनेसियाको पुन्काकमा कम आय भएका परिवारका केटीहरूले पैसाको बदलामा पुरुष पर्यटकसँग मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् । यसको उद्देश्य पर्यटकहरूलाई आनन्द दिई पैसा कमाउनु हो। मुत्तह निकाह भनेर चिनिने यो प्रचलन यहाँ आकर्षक उद्योगको रुपमा देखा परिरहेको छ । यसले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धन गरेको पनि छ ।
कम आय भएका परिवारका केटीहरूले पैसाको सट्टामा पुरुष पर्यटकसँग विवाह गर्छन्। यसलाई इस्लाममा अस्थायी विवाह मानिन्छ। तर, धेरै पर्यटकले स्थानीय महिलाको फाइदा उठाउँदै आएकाले यो अभ्यासको चर्को आलोचनासमेत भइरहेको छ ।
मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ भनेको गरीब महिला र पुरुष पर्यटकहरू बीचको छोटो अवधिको विवाह हो, मुख्यतया मध्य पूर्वबाट पैसाको सट्टामा यो चलन यहाँसम्म आएको हो ।
लस एन्जलस टाइम्सका अनुसार इस्लाममा मौखिक विवाहको यो प्रचलन एक आकर्षक उद्योगको रूपमा देखा परेको छ, जसले अरब पर्यटकहरूलाई आकर्षित गर्ने पश्चिमी इन्डोनेसियाको लोकप्रिय स्थान पुनकाकमा पर्यटन र स्थानीय अर्थतन्त्रलाई बढावा दिइरहेको छ। अहिले यो काम केही कम्पनीले लिएका छन् ।
हाइल्याण्ड रिसोर्टमा एजेन्सीहरूले पर्यटकहरूलाई स्थानीय महिलाहरूसँग परिचय गराउँछन्। दुबै पक्षको सहमतिमा गरिएको सानो र अनौपचारिक विवाह पछि पुरुषले महिलालाई दुलहीको मूल्य तिर्ने गर्दछन् । महिलाले पर्यटकलाई त्यहाँ बसेसम्म घरेलु तथा यौनजन्य सेवा प्रदान गर्छिन् । पर्यटक फर्केर जाने बित्तिकै विवाह पनि स्वतः भङ्ग हुन्छ।
तर, २८ वर्षीया इन्डोनेसियाली महिला काहायाले लस एन्जलस टाइम्ससँग अस्थायी पत्नी हुँदाको पीडादायी अनुभवको बारेमा कुरा गरिन्। उनले एलए टाइम्सलाई बताइन् कि उनले पश्चिम एसियाली पर्यटकहरूसँग २५ पटक भन्दा बढी विवाह गरिसकेका छन्। यस कार्यमा अधिकारी र एजेन्टको पनि सहभागिता रहने गरेको छ, उनीहरूको रकम कटौती गरेपछि मात्र महिलाले आधा रकम पाउँछन्।
समाचार अनुसार कहायाले १३ वर्षको उमेरमा पहिलो विवाह गरेकी थिइन । उनकी हजुरआमाले यो गर्न बाध्य बनाएकी थिइन तर पछि बिहे टुटे पछि जन्मेकी छोरीलाइ भने आफै एक्लै हुर्काउनु परयो । उनले जनरल स्टोर वा जुत्ता कारखानामा काम गर्ने सोचेका थिइन तर त्यहाँ ज्याला निकै नै कम थियो ।
अहिले उनले प्रत्येक विवाहबाट ३०० देखि ५०० अमेरिकी डलर कमाउँछिन्, जसले उनको भाडा तिर्न र बिरामी हजुरआमाको लागि उपचार खर्च गर्नका लागि निकै मद्दत गरेको छ । यद्यपि उनी यो काम गर्छिन् भन्ने उनको परिवारलाई भने थाहा छैन। तर, यसो गरेपछि केही महिलाहरू यसबाट बाहिर निस्किन्छन् र एउटा आदर्श परिवार स्थापना गर्छन् ।
हालका वर्षहरूमा व्यवसायको रूपमा यो धेरै विस्तार भएको छ। बीचमा एजेन्टहरू छन्, जसमध्ये कतिपयले एक महिनामा २५ वटासम्म पनि मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्ने गरेका छन् । सो क्रममा महिलाहरू शोषण भइरहेका छन् र उनीहरूको सुरक्षा पनि बारम्बार खतरामा परेकाले यसबारे अहिले धेरै प्रश्न उठिरहेका छन् ।
खासमा, यो प्रथा शिया इस्लाममा उत्पत्ति भएको हो। मुगलकालमा पनि भारतमा यस्ता विवाह भएका थिए । खासगरी जब मुगल व्यापारीहरू लामो यात्रामा जान्थे, तब उनीहरूले यस्तो विवाह गर्ने गर्थे। अहिले पनि भारतको केरलालगायत दक्षिण भारतमा यो लुकीछिपी हुदैँ आएको छ । यद्यपि धेरै इस्लामिक विद्वानहरूले यी विवाहहरूलाई अस्वीकार्य भनिरहेका छन् ।
तर, इन्डोनेसियामा जुन किसिमका विवाहहरू भइरहेका छन्, त्यसलाई त्यहाँको कानुनले स्वीकार भने गर्दैन्, यो प्रचलन मात्र हो । उनीहरुको राज्य विवाहको आधारभूत धारणाको विरुद्धमा छन् । इन्डोनेसियाली विवाह कानून तोड्दा जेल सजाय र सामाजिक वा धार्मिक परिणामसहितका दण्डहरू पनि छन्। तर, पनि प्रथाको रूपमा यो अझै कायमै रहेको छ ।
छोटो समयमा धेरै आम्दानी हुने भएकाले यो इन्डोनेशियामा धेरै नै लोकप्रिय रहेको छ । एउटा भनिन्छ नि, भुसको आगो झै, यो इन्डोनेसियामा सर्बत्र रहेको छ तर यसरी मुताह निकाह अर्थात ‘प्लेजर म्यारिज’ गर्नका लागि एजेन्टहरू भने चिन्न सक्नु पर्छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend