Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ


    सोमबार, माघ २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ घर बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारा र लामालाई आइतबार पक्राउ गरेको हो।

    जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ । यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ ।

    आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा र लामाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

    दुबैलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार