काठमाडौं । रवि लामिछानेले अदालतमा पाँच-पाँच वटा मुद्दा विचाराधीन रहिरहेको अवस्थामा सांसद पद पुनर्बहालीको माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर शुक्रबार निलम्बन फुकुवा मागेका हुन् ।
संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले आफूलाई अन्यायपूर्ण रूपमा निलम्बन गरिएको भन्दै तत्काल पद पुनर्बहाली गरिदिन आग्रह गरे ।
उनी गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन्। लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीको आरोप छ ।
तर, उनले सभामुखसमक्ष बुझाएको पत्रमा सरकारले लगाएर अनावश्यक रूपमा दुःख दिएको दाबी गरे। उनले संसद्को गरिमा जोगाउन तथा निर्वाचित जनप्रतिनिधिको हैसियतबाट काम गर्न दिन आग्रह गरे ।
लामिछानेले सभामुखलाई संसदीय अभ्यास र कानुनी मान्यता अनुसार दोषी प्रमाणित नभएसम्म सांसद पद निलम्बन नहुने व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो निलम्बन फुकुवा हुनुपर्ने तर्क गरे। ‘मलाई अदालतले दोषी करार गरेको छैन, तर पनि अन्याय भयो,’ उनले भने ।
सभामुख घिमिरेले लामिछानेको पत्र बुझ्दै कानुनी र नीतिगत पक्ष अध्ययन गरेर जवाफ दिने बताए। उनले अहिलेको अवस्थामा सांसद पद पुनर्बहाली तत्काल सम्भव नभएको स्पष्ट पारे ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरण मुद्दा चलेपछि सांसद पदबाट निलम्बन भएका थिए।
अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि मुद्दा टुंगो नलागेसम्म संसद् पुनर्बहाली हुने सम्भावना न्यून देखिन्छ ।
यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा एक करोड रुपैयाँ धरौटीमा लामिछाने रिहा भएका थिए ।
अब उनको अर्को मुद्दा सहारा सहकारी चितवन र सानोपाइला सहकारी पर्सामा निर्णय हुन बाँकी छ। ती दुबै सहकारी ठगीमा सरकारी वकिलले लामिछानेलाई बयान लिइसकेको छ। उनीविरूद्ध ती दुई मुद्दा अदालतमा दर्ता हुन बाँकी छ ।
प्रतिनिधिसभाको नियमावलीअनुसार अनुसार लामिछाने धरौटीमा छुटे भने सांसद पद निलम्बनमा पर्ने छैन। यदि अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिए सोही दिनदेखि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्नेछ ।
यद्यपि, लामिछाने संकटमोचनको अवस्थामा भने छैनन् । उनीविरूद्धका अन्य मुद्दा बाँकी नै रहेकाले कुनै पनि बेला पक्राउ पर्ने, थुनामा पुग्ने अवस्था छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend