काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । हालै जारी गरिएका ‘सुशासन प्रवद्र्धन र लगानी अभिवृद्धि’ सम्बन्धी अध्यादेशहरुको विषयवस्तु सार्वजनिकीकरण गर्न उनले आज दिउँसो ४ बजे सिंहदरवारस्थित प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।
सम्मेलनमार्फत अध्यादेशका प्रमुख विषयवस्तु र तिनको कार्यान्वयनबाट हुने सम्भावित प्रभावहरूबारे जानकारी गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यी अध्यादेशमार्फत प्रशासनिक सुधार, लगानीको वातावरण सुधार, र सुशासन प्रवद्र्धनमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको बताइएको छ ।
सरकारले यहि पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्ये राष्ट्रपति कार्यालयले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend