काठमाडौँ- नेकपा एमालेका सचिव लेखराज भट्टले भीम रावलका कारणले सुदूरपश्चिममा एमालेलाई खासै असर नपर्ने बताएका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले यस्तो टिप्पणी गरेका हुन् ।
रावल एमालेबाट निष्कासनमा परेका छन् । एमालेको सचिवालय बैठकले गत १० पुसमा रावललाई पार्टीबाट निष्कासन गरेको थियो । सचिवालयको उक्त निर्णयलाई केन्द्रीय समितिले समेत स्वीकार गरिसकेको छ ।
एमालेबाट निष्कासनमा परेका रावल नयाँ पार्टी निर्माणको प्रक्रियामा छन् । यसका लागि उनी देश दौडाहमा छन् । रावलले नयाँ पार्टी बनाउन लागिरहेका बेला एमालेका सचिव भट्टले पार्टीमा खासै असर नपर्ने बताएका हुन् ।
‘भीम रावलजीका कारणले पार्टीलाई खासै असर पर्ने कुरा छैन,’ एमाले सचिव भट्टले भने । रावलकै कतिपय अभिव्यक्ति र उनको व्यवहारका कारणले समेत पार्टीलाई क्षति नपुग्ने भट्टको भनाइ छ ।
भट्ट भन्छन्, ‘उहाँले जे बोल्नुभएको छ । त्यसले पनि एमालेलाई असर नगर्ने देखाउँछ । उहाँको व्यवहार पनि त्यस्तै छ जसले सुदूरपश्चिममा पनि खासै असर गर्दैन ।’
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend