प्रयागराज । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् ।
यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १ लाख भक्तजनलाई निःशुल्क खाना उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन । यसैबिच, अब उनले महाकुम्भमा गीता प्रेस गोरखपुरको निः शुल्क पुस्तक पनि वितरण गर्ने भएका छन ।
गौतम अडानीले गीता प्रेसको ‘आरती सङ्ग्रह’ पुस्तकको १ करोडभन्दा बढी प्रति भक्तजनलाई महाकुम्भमा निःशुल्क वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो जानकारी उनले स्वयं ‘एक्स’ मार्फत दिएका हुन् ।
महाकुम्भमा गीता प्रेसका पुस्तक निः शुल्क वितरण गर्न गौतम अडानीले गीता प्रेसका पदाधिकारीसँग भेट गरेका थिए । यस भेटको सन्दर्भमा उनले लेखेका छन्, ‘महाकुम्भ भारतीय संस्कृति र धार्मिक आस्थाको महायज्ञ हो, यो हाम्रो लागि ठूलो सन्तुष्टिको कुरा हो, यस महायज्ञमा प्रतिष्ठित संस्था गीता प्रेसको सहयोगमा कुम्भमा आउने भक्तजनलाई एक करोड प्रति ‘आरती सङ्ग्रह’ निःशुल्क उपलब्ध गराउँदैछौं ।’
‘सनातन साहित्यमार्फत सय वर्षदेखि राष्ट्रको सेवा गर्दै आएका गीता प्रेसका आदरणीय पदाधिकारीहरूबाट आज प्रेरणा पाएर गीता प्रेसको उत्कृष्ट सेवा कार्यप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पाएको छु’ उनले भनेका छन, ‘धर्म र संस्कृतिप्रति निःस्वार्थ सेवा र दायित्वको भावना देशभक्ति हो, जसमा हामी सबै प्रतिबद्ध छौं। सेवा नै ध्यान, सेवा नै प्रार्थना र सेवा नै ईश्वर हो ।’
यसअघि अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले पनि महाकुम्भमा दैनिक १ लाख भक्तजनलाई निःशुल्क महाप्रसाद वितरण गर्ने घोषणा गरेका थिए । यो काम इस्कॉनको सहयोगमा गरिने भएको छ । यस प्रसादको तयारीका लागि अत्याधुनिक सुविधासहित दुईवटा विशाल भान्सा निर्माण गरिएको छ । जसमा २५ सय स्वयंसेवकले दैनिक रूपमा काम गर्नेछन् । यसका साथै सरसफाइमा १८ हजार सरसफाइ कर्मचारी पनि खटाइनेछ ।
भक्तजनलाई रोटी, दाल, भात, तरकारी र मिठाई सहितको थाली खुवाइने छ । यसलाई पर्यावरण अनुकूल पातहरूमा सेवा गरिनेछ। प्रसाद वितरणका लागि ४० एसेम्बली पोइन्ट तोकिएको छ । अपाङ्गता भएका, वृद्धवृद्धा र बालबालिकाका लागि सबैले सहज अनुभव लिन सक्ने गरी विशेष व्यवस्था गरिएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend