शिवकुमार थापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनदिनै स्टीङ अप्रेसनमा घुसखोरी कर्मचारी र सम्बन्धित व्यक्तिहरुका विरुद्ध आक्रामक ढंगले कारबाही चलाएको छ । तर, पनि कतिपय पालिकाहरुमा खुलेआम घुस चलिरहेको छ । घुस रकम नदिँदा सर्वसाधारणले घर बनाउनका लागि पालिकाहरुमा नक्सापासको स्थायी इजाजत लिन झण्डै आधा बर्ष नै लगाएका छन् ।
टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माण भएको दुई वर्ष नहुँदै कतै चर्कने त ढोका फुटिसकेको अवस्था छ । नगरपालिकाले १५ करोड २७ लाख ८१ हजार दुई सय १६ रुपैयाँमा गौरा श्रृंखला जेभीलाई निर्माणका लागि ठेक्का दिइएको थियो । तथापि ठेक्का दिइएको समयमा तयार हुन सकेन । पटक–पटक गरी तीन पटक म्याद थपिएको सूचना अधिकारी कमला कार्कीले जानाकारी दिइन् ।
नगर प्रमुखको कार्यकक्षबाट बाहिरपट्टिको प्याराफिट वालमा डिफेक्ट लियाबिलिटी पिरेड अगावै पूरै चर्किएको छ । सूचना अधिकारी कमला कार्कीले त्यहाँको ढोका अग्राखको भनी जानकारी दिए पनि फुटेर बिजोग अवस्थामा छ । एक कर्मचारीले बताए अनुसार उक्त ढोका गौरा श्रृंखला जेभीले चिलाउनेको काठ प्रयोग गरी बनाएको कारण त्यो अवस्थामा आएको बताए ।

नगरपालिकाको पूर्वाधार शाखा प्रमुखमा बझाङतिर जन्म भएकी पूजाकुमारी सिंह शाही छन् । उनले बझाङ घर भएका लक्ष्मी जोशीलाई ठेक्का दिलाएर राम्रो कमिसन हात पार्दै आएको बताइन्छ । अहिले जोशीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा विशाल महल बनाएका छन् । उनी टोखा नगरपालिका ४ नम्बर वडाको एमाले पार्टीका सचिव पनि हुन् ।
इन्जिनियर पूजाकुमारी सिंह शाहीले टोखा ४ र ५ नम्बरको सबै काम उसैलाई दिन लगाउँछिन् । अहिले उनले पाएको ४ नम्बर वडाको जनकल्याण चोकदेखि कृष्ण मन्दिरसम्मको सडक बिस्तारको काम शुरू गरेर अलपत्र पारेका छन् । ४ नम्बर वडाको अध्यक्ष धर्म श्रेष्ठ एमालेबाट दोस्रो पटक निर्वाचित भएका हुन् । जोशीले पाएको ठेक्काको उनी पार्टनर नै हुन् । उनले यो रकम भागशान्तिमा नगरप्रमुख प्रकाश अधिकारीसम्म पु¥याएका एक कर्मचारीले आरोप लगाए । त्यसैले उनी जस्तो काम गरे पनि सुरक्षित र निर्धक्क छन् ।
यो अनियमिततामा हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा पुगेको छैन । दोस्रो पटक नगरप्रमुखमा निर्वाचित अधिकारीले ठूला महल बनाउँदा पाइने कमिसनको चास्नीमा नराम्ररी डुबेको स्थानीयको दाबी छ । नगरप्रमुखमा निर्वाचित भएपछि दुई पटक भन्दा बढी अवधि चुनाव लड्न नपाइने व्यवस्था छ । त्यसैले पनि अधिकारीलाई कमाउनमै ध्यान गएको स्रोत बताउँछ ।
सानादेखि ठूला ठूला ठेक्काहरु, कोटेशनका कामहरु पनि आफ्नै गाउँका लक्ष्मी जोशीलाई दिन दबाब र प्रभाव पार्नुहुन्छ भन्ने समाचार आएको छ नि भन्ने विषयमा प्रतिक्रियास्वरुप मोबाइलमा सम्पर्क गर्दा पूर्वाधार शाखा प्रमुख पूजा सिंहले भनिन्–‘लक्ष्मीलाई काम दिनू भनेर मैले कहीँ कतै पनि भनेकी छैन । मैले कसम नै खाएर भन्न सक्छु ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend