Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समाचारप्रति मेयर बालेन शाहका स्वकीय सचिवको आपत्ति


    बुधबार, पुष १७ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)का स्वकीय सचिव भुपदेव शाहले नेपालफेस डटकममा प्रकाशित समाचारको खण्डन पठाएका छन् । शाहले पठाएको खण्डनमा उल्लेख छ–‘नेपाल फेस nepalface.com ले मिति बुधबार, मंसिर २६, २०८१ मा प्रकाशन गरेको महानगरपालिकाका प्रमुखको नाम जोडेर प्रकाशन गरिएको ‘बालेनको महानगरमा चरम भ्रष्टाचारः मेयरले राखेका विज्ञदेखि सल्लाहकारसम्म कमाउधन्दामा लिप्त’ समाचारले काठमाडौं महानगरपालिकाको सार्वजनिक छविमा पुगेको असरप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

    काठमाडौँ महानगरपालिका १६ वटा विभाग भएको ठूलो संगठन संरचनायुक्त कार्यालय हो । यसले सम्पादन गर्ने काम र प्रवाह गर्ने सेवा सञ्चालनका लागि ऐन, नियम, विनियम, कार्यविधि, मापदण्ड छन् । यसले दिएको सीमा र अधिकारका परिधिमा रहेर नगर सभाबाट स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रमका आधारमा महानगरपालिकाका काम सम्पादन हुन्छन् । निर्माण तथा वस्तु खरिद गर्दा सार्वजनिक खरिद ऐनले निर्दिष्ट गरेका व्यवस्थाका आधारमा हुन्छन् ।

    यसकारण यहाँहरुले उठाउन खोज्नुभएका विषयसँग सम्बन्धित सूचना तथा विवरण आवश्यक भए हामी संस्थागत संयन्त्रमार्फत उपलब्ध गराउँछौं । यी तथ्य र विवरणका आधारमा विषय उठान गर्नुभयो भने महानगरबासी करदातामा सही सूचना प्रवाहमा योगदान पुग्नेछ ।

    सार्वजनिक सरोकार र चासोका विषयमा महानगरपालिकाले खुला तथ्याङ्कहरुलाई सार्वजनिक गर्ने गरिएको छ । थप जानकारी दिन प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीलगायत संस्थागत अधिकारीको प्रबन्ध गरिएको छ । आन्तरिक नियन्त्रण प्रणाली संस्थागत गरिँदै लगेको छ । सेवासँग सम्बन्धित पत्र दर्ता चलानीसम्मका दस्तावेजलाई अनलाइन प्रणालीमा लगिएको छ ।

    महानगरपालिकाका विषयमा समाचार लेख्नका लागि अनुमान गर्नुपर्दैन । यहाँहरुबाट संकलन हुने समाचारलाई तथ्य, सन्तुलित र विश्वसनीय बनाउन हामी तथ्य, तथ्याङ्क र विवरण उपलब्ध गराउने प्रतिवद्धता प्रकट गर्दै समाचारको खण्डन प्रकाशित गरिदिनुहुन निम्न व्यहोरासहित अनुरोध गर्दछौं । यसकारण खण्डन छाप्न आग्रह गर्नुपरेको हो ।

    काठमाडौँ महानगरपालिका, नेपालको संविधान २०७२ ले प्रदान गरेको एकल अधिकार र साझा अधिकार प्रयोग गर्ने संघीय राजधानी सहरको व्यवस्थापनमा काम गर्ने स्थानीय सरकार हो ।
    संविधान, स्थानीय सरकार सञ्चालन ऐनसहित स्थानीय सेवा र सुविधा बितरणसँग सम्बन्ध राख्ने संघीय ऐन, प्रदेश सरकारले जारी गरेका ऐन र महानगरपालिकाले आफैँले नगर सभाबाट जारी गरेका ऐन, कार्यपालिकाबाट जारी गरेका नियमावली, कार्यविधि र मापदण्डले निर्दिष्ट गरेका बिधि, प्रक्रिया अबलम्बन गरेर, सार्वजनिक कोषमा संकलित रकमलाई करदाताप्रति उत्तरदायी भएर महानगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र सुविधा बितरणका काम गर्छ ।

    कार्यान्वयनमा आएका कार्यक्रमहरु नगर सभाबाट स्वीकृत बार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम हुन् ।

    सार्वजनिक कोषमा भएको रकम खर्च गर्ने प्रचलित विधि र पद्धति छन् । ती पद्धति पूरा नगरी कुनै पनि खर्च लेखाङ्कन हुँदैन ।

    समाचार संकलन गर्दा वा सम्पादन गर्दा न्यूनतम यस विषयमा ख्याल गरेको देखिएन ।

    समाचार शीर्षक हेर्दा संस्थागत सुधारका लागि निगरानी गर्नुभन्दा व्यक्तिगत मर्यादामा क्षति पुर्याउने विषय लक्षित देखिन्छ ।  विषय पुष्टि गर्ने अधिकारीको भनाइ र सूचनाका स्रोत उल्लेख नहुनु नै सत्यता नहुनु हो ।

    व्यक्तिको थरलाई जोडेर अपमानजनक शब्दहरु प्रयोग गरिएका छन् ।

    समाचारमा सत्यताभन्दा कल्पना धेरै छ । झुटा विवरण राखिएका छन् । यकिन हुने शब्दभन्दा अनुमानमा प्रयोग हुने शब्द धेरै छन् । यसबाट सार्वजनिक निकायको सार्वजनिक प्रतिष्ठामा आँच पुगेको छ । प्राकृतिक र कानुनी व्यक्तिको मानमर्दन भएको छ ।

    यसबाट महानगरबासी र सेवाग्राहीमा भ्रम सिर्जना भएको छ । आमसञ्चार माध्यममा आइपुग्ने मिथ्या सूचनाबाट जिम्मेवार सञ्चारमाध्यमको पनि छविमा आँच ल्याउने कुरामा दुईमत छैन । यसकारण यसपछि पनि लेखिने समाचारहरुमा सूचना स्रोत, आधिकारिकता र सत्य जाँच गरी उत्तरदायी सञ्चारमाध्यमका रुपमा छवि बढाउँदै जानुहुने अपेक्षा गरेका छौं ।

    यसअघि प्रकाशित असत्य विषयले सिर्जना गरेको भ्रम र यसले समग्र प्रणालीमाथि परेको नकारात्मक असर घटाउन मंसिर २६ गते प्रकाशन गरिएको महानगरपालिका सम्बन्धित समाचारको खण्डन प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछौं ।’

    यस्तो छ महानगरपालिकाको खण्डन

    &

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार