काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले चिनिया समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका थिए ।
गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो चार दिने भ्रमणको क्रममा बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्न पनि पुगे ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र चिनिया समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चीन बिचमा ९ बुदेँ समझदारी तथा सहमति पत्रमा हस्ताक्षर भएको थियो भने त्यसपछि राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता भएको थियो, जहाँ राष्ट्रपछि जिनपिङले नेपाललाइ ९ अर्ब रूपैया अनुदान सहयोग गर्ने घोषणा गरेका थिए । साेही साँझ नेपाल र चीन बिच भ्रमणकाे द्दिपक्षीय बक्तब्य जारी गरिएकाे थियाे ।
भ्रमणको तेस्रो दिन बिहान प्रधानमन्त्री ओलीले पेकिङ बिश्वबिधालयमा आफ्नो मन्तब्य राखेका थिए भने दिउँसो नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको थियो । जुन फ्रेमवर्क सम्झौतामा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनकातर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आफनो चार दिने भ्रमण सकाएर बिहान ९ बजे नेपालका लागि प्रस्थान गर्नेछन भने उनी अपरान्ह २ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्रनेछन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend