काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्यो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गरेको हो ।
काठमाडौंले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको कर्णालीले ओपनिङ ब्याटर शिखर धवनको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १४९ रन जोड्यो।
भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे। अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे। सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए। अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए।
नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोडे। मक्सुद र धनवबीच ६५ रनको साझेदारी हुँदा कर्णालीको स्कोर बढेको थियो।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।
चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।
बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।
काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend