काठमाडौं । वि.स . २०५७ साल मंसिर २९ गते सामान्य लगानीबाट स्थापित सिन्सियर सेभिङ एण्ड क्रेडिट कोपअरेटिभ लिमिटेडमा अहिले अबौं अवैध रकम जम्मा भएको छ ।
बैंकर अनिलकेशरी शाहले पोखरामा रबि लामिछानेका विषयमा पत्रकार सम्मेलनमा सहकारीमा आएको लगानीका विषयमा छानविन गर्नुपर्ने बताएका थिए । बास्तवमा त्यही परिवेश सिन्सियर सहकारीमा छ ।
अहिले सिन्सियर सहकारीमा मारवाडी व्यापारी, राजनीतिक दलका नेता, बहालवला र सेवानिवृत प्रहरी अधिकृत, भन्सार, यातायात, मालपोतलगायत घुस लेनदेन हुने कार्यालयका सरकारी कर्मचारीहरु, निर्माण व्यवसायी, गुण्डागर्दीमा संलग्न डनहरुको रकम जम्मा गरिएको छ । तर, बैंकमा केवासी भर्नुपर्ने र १० लाख भन्दा माथिको रकम श्रोत खोल्नुपर्ने भएपनि सहकारीमा बेरोकतोक रकम जम्मा हुने गर्दछ ।
त्यहि रकम बिभिन्न नाममा चलखेल गरी सिन्सियर सहकारीका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी निर्देशक राजेश खड्काले सहकारी ऐनको धज्जी उडाएर अबौं रकम जम्मा गरेका छन् । उनीहरुको मिटर ब्याजी धन्दालाई सहकारीका नियमन निकायहरु खाम बुझेर सहिछाप गर्दै आएका छन् ।
कोही व्यक्ति ऋण लिन आवश्यक परी आउँदा उनले पहिल्यै सेवा शुल्कको नाममा दुई प्रतिशत काटेर लिने गरेका छन् । बाँकी १० प्रतिशत घुस नै खाने गरेको न्यूरोडका एक श्रेष्ठ थरका ब्यापारीले खुलासा गरेका छन् । तर, उनी कहाँ दुई वटा विवरण राख्ने काम हुँदैआएको छ । अडिट र साधारणसभामा एउटा र भित्री मिलेमतो गरी खाने अर्को गरी दुई थरी विवरण कम्प्युटरमा राखिने गरेको एकजना सदस्यले बताएका छन् । त्यसो त ऋण अधिकृत मिरा कर्माचार्यको पनि राम्रै भागशान्ति हिस्सा मिल्ने गरेको एक कर्मचारीले बताए ।
मिरा पनि सहकारीकै कामबाट अहिले करोडपति बनेकी छन् भने अध्यक्ष राजेन्द्र र कार्यकारी निर्देशक राजेश खड्का अर्बपति बनेका छन् । तथापि उनीहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, प्रदेश सहकारी विभाग र महानगरको सहकारी विभाग कतैबाट पनि उनको सहकारी माथि नियमन गरिएको छैन ।
यो सहकारीबाट ऋण लिएर अहिले सयौं जना मान्छेहरु सडकमा आएका छन् । कम मूल्यमै धितो जवर्जस्त लिलाम गरिन्छ । कर्जा लिने समयमा पहिले नै खाली कागजमा सहिछाप गरी राख्ने र तीन किस्ता नतिर्ने बित्तिकै लिलामी गरिदिन्छन् । यस काममा मालपोतका कर्मचारीहरुले पनि सिन्सियर सहकारीबाट रसद पानी पाउने गरेका छन् ।
मालपोतका कतिपय सरकारी कागजात नै लउनको कार्यालयमा अवैध तरिकाले ल्याउने गरिन्छ । यसरी उनसँग ऋण लिएर काभ्रेपलाञ्चोका चेतेन्द्र पन्त, लोकेन्द्र पन्त, रोम पन्त, सोमहरि काफ्ले, केदार ढुंगानालगायत सयौं जना मानिसहरु काभ्रे जिल्लाबाट जायजेथा गुमाएर सुकुम्बासी बनाइएका छन् । तथापि मिटरब्याजी श्रेष्ठ र खड्काको धन्दा दिन दुगुना रात चौगुना बनिरहेको छ ।
अहिले अधिकांश सहकारीहरु संकटमा भए पनि सिन्सियर सहकारीमा भने करोडौं रकम दैनिक जम्मा हुने गर्दछ । राजस्व छल्ने ब्यापारी र घुस खाने कर्मचारीहरुले उनको सहकारीमा रकम जम्मा गर्दै आएका छन् ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend