Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित शेरबहादुर पक्राउ


    शनिबार, मंसिर ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ।

    चितवनको गितारनगरका शेरबहादुर लामालाई सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ। शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

    गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार