काठमाडौं । रसुवा भन्सार कार्यालयका प्रमुखकै मिलेमतोमा भन्सारछलीका सामान जाँचपास गरी पास गराएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएका उपसचिव रामप्रसाद पाठकलाई अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बीरगंज भन्सार प्रमुखको जिम्मा दिएर पुरस्कृत गरेपछि तस्करी गर्नेहरुको मनोबल बढेको छ । भन्सार प्रमुख पाठकल पाएपछि जाँचकी र अन्य सेटिङमा संलग्न कर्मचारीले समेत उन्मुक्ति पाएका छन् । भन्सार कार्यालयबाट भन्सारछलीका सामानको जाँचमा संलग्न संलग्न कर्मचारीले समेत उन्मुक्ति पाएका छन् ।
राजस्व असुली बृद्धि गर्न भन्सारछली नियन्त्रणको भाषण गर्ने अर्थमन्त्री पौडेलेले गएको भदौ १९ गते तस्करीमा संलग्न भएकोमा कारबाहीका लागि सिफारिस गरिएका रसुवाबाट पाठकलाई झन् आकर्षक बीरगंज भन्सारको प्रमुखमा पठाए । बीरगंज भन्सारको प्रमुख भएपछि पनि उनले केही दिनअघि अन्नपूर्ण ट्रेड लिंकले पैठारी गरी ल्याएको पोलार कपडालाई मलमल भनेर जाँच पास गरी ठूलै सेटिङ गरिसकेका छन् ।
गएको जेठ २९ गते रसुवा भन्सार कार्यालयबाट भेपसमेत ब्यापारीले लुकाएर ल्याएका थिए । तर भित्रभित्रै गुपचुप पारी पाठकसहितका कर्मचारीलाई जोगाउने काम भएको थियो । जुत्ता र रेडिमेडकोे सामान्य परिमाण फरक पार्दा भन्सार प्रमुखसहितका ४ कर्मचारी तान्ने अर्थमन्त्रालयले ट्रकका ट्रक सामान भन्सारछलीको फेलापर्दा पनि कर्मचारीलाई जोगाएन मात्र कारबाही सिफारिस भएका भन्सार प्रमुख पाठकलार्ई बीरगंज भन्सारको प्रमुखमा सम्मानका साथ पठाएको छ ।
रसुवा भन्सार कार्यालयबाट भन्सारछली गरी आयात गरिएका सामान जाँचपासमा गडबडी भएको सूचना प्राप्त भएपछि गएको जेठ २९ गते भन्सार बिभागले छड्के जाँचका लागि एक टोली खटाएको थियो । प्राप्त सूचनाका आधारमा विभागले रसुवा भन्सार कार्यालयबाट पास भएका प्रज्ञापनपत्रहरुको छड्के चेकचाँज गर्ने क्रममा कर्मचारीहरुको मिलेमतोमा ब्रान्डेड सामानलाई कमसल भनेर पास गरिएको तथ्य फेलापारेको थियो ।
रसुवा भन्सारका तत्कालीन प्रमुख रामप्रसाद पाठकसहितको सेटिङमा ब्यापारीसँग मिली मालवस्तुको प्रकृति, अवस्था, परिमाण, ब्राण्ड र उत्पतिको मुलुक फरक पारी घोषणा गरेको देखिएको थियो । भन्सारका प्रमुखदेखि कर्मचारीहरुको मिलेमतोमा भन्सारछलीका सामान गलत घोषणा गरी भित्रिएको खुलेपछि भन्सार विभागले गर्न एक समिति बनायो । भन्सार ऐन २०६४ को दफा ९१ उपदफा २ अनुसार बनाइएकोसमितिमा विभागका शाखा अधिकृत आशुतोष राई तथा नासुहरु कमल परिवार र मदन जैशी थिए ।
रसुवा भन्सार कार्यालयमा घोषणा भई जाँचपास भएका प्रज्ञापन दर्ता नम्बर : ४०६६, ४०६७ (ढुवानी साधन नं. ना. ६ ख ९०७५०) र प्र.द.नं : ४०६९, ४०७० र ४०७१ (ढुवानी साधन नं. ना. ५ ख ७२२१०) शंकास्पद देखिएकाले टोलीले चेकजाँच सुरु गरेको थियो ।
छड्के टोलीले मालवस्तुको प्रकृति, अवस्था, परिमाण, ब्राण्ड र उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेको विवरण अनुसार कारवाही गर्न समितिले प्रतिवेदन पेश गरेको थियो । समितिले २ वटा ट्रकमा गरी ६५ लाख रुपैयाँ भन्सार महसुल छली भएको निष्कर्ष निकाल्दै चेकजाँचमा संलग्न कर्मचारीदेखि भन्सार प्रमुख पाठकलाई समेत भन्सार ऐन– २०६४ को दफा (१९३) बमोजिम आवश्यक कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले दिएको प्रतिवेदनपछि कारबाही गर्नुपर्नेमा रसुवा भन्सारका प्रमुख पाठकसहितका कर्मचारीले भन्सार विभागदेखि अर्थमन्त्रालय र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा पहुँच पुर्याएर कारबाही रोक्न सफल भए । प्रचण्ड हटेर प्रधानमन्त्री भएका केपी शर्मा ओलीले कारबाही गर्नुपर्ने रामप्रसाद पाठकलाई बीरगंज भन्सारको प्रमुखमा पठाइदिएका छन् । झापा घर भएका उपसचिव पाठकले प्रधानमन्त्री कार्यालयसम्मै पहुँच पुर्याई बीरगंज भन्सारमा सरुवा भएर करोडौंको सेटिङमा तस्करीको लाइन चलाएका छन् ।
पाठकले कारबाहीबाट बच्न तत्कालीन राजस्व सचिव डा. रामप्रसाद घिमिरे, तत्कालीन प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारी (सहसचिव) लाई समेत प्रभावमा पारेका थिए । जसका कारण उक्त प्रतिवेदन नै घर्रामा थन्किन पुग्यो, भन्सारछली तस्करीमा संलग्न भएकाले कारबाही गर्न सिफारिस भएका पाठकसहितका कर्मचारीमाथि कारबाही हुन सकेन । तत्कालीन राजस्व सचिव डा. घिमिरे त्यतिबेला नै गोसाईकुण्ड घुम्ने बहानामा रसुवा गएका थिए । जसको सबै ब्यवस्थापन भन्सार प्रमुख पाठकले नै गरेपछि उनीमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन नै कार्यान्वयन हुन सकेन ।
कानून अनुसार ४५ लाख भन्दा बढी बिगो कायम हुन आएमा भन्सार कार्यालयका प्रमुखसहित जाँचपासमा सहभागी कर्मचारीमाथि कारबाही गर्नुपर्ने ब्यवस्था छ । तर तत्कालीन राजस्व सचिव घिमिरेले नै सबै कर्मचारीहरुलाई विभागीय कारबाहीबाट जोगाए । जबकि यसअघि रसुवा भन्सारबाट आयात भएको सामान चेकजाँच गर्दा मानवीय त्रुटिका आधारमा केही सामानको परिमाण फरक पर्दा रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार प्रमुख नरायण भण्डारीसहितका ४ कर्मचारीलाई पनि मन्त्रालयले विभागीय कारबाही गरेको थियो । रसुवा भन्सारकै प्रमुख रहेका बेला बर्तमान भैरहवा भन्सार प्रमुख रामप्रसाद रेग्मीलाई पनि सामान्य त्रुटिका आधारमा विभागीय कारबाही गरिएको थियो । तर रसुवा भन्सार कार्यालयमा शक्तिको दुरुपयोग गर्ने पाठकसहितका कर्मचारीहरुलाई भने उन्मुक्ति दिइएको छ ।
पाठकले बीरगंज भन्सारमा खोले तस्करीको लाइन
रसुवा भन्सारबाट सरुवा भई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भएका रामप्रसाद पाठकले बीरगंजमा गएपछि पनि तस्करीको नेटवर्क चलाएको खुलासा भएको छ । पाठककै मिलेमतोमा हालै भएको तस्करीको घटना पनि गुपचुप पारिएको छ ।
बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकको प्रत्यक्ष संलग्नतामा अन्नपूर्ण ट्रेड लिंकले पैठारी गरी ल्याएको पोलार कपडालाई मलमल भनेर जाँच पास गरी राजस्व छल्ने काम भएको तथ्य खुलेको छ । वीरगञ्ज भन्सार नाकाबाट पास भई गएको लगभग १२ हजार १०० किलो पोलार कपडासहित तीन वटा ट्रक राजस्व अनुसन्धान विभाग हरिहरभवनले आफ्नो नियन्त्रणमा लिएपछि यो प्रकरणको खुलासा भएको थियो ।
पोलार कपडामा किलोको दरले भन्सार लाग्ने नियम भए पनि मलमल भनेर मिटरको हिसाबले राजस्व मारी घुस लेनदेन गरिएको थियो । पोलार कपडामा प्रतिकेजी अढाई अमेरिकी डलर भन्सार महसुल निर्धारण गरिएको छ भने मलमल कपडामा ९० सेन्ट कायम गरिएको भएता पनि वीरगञ्ज भन्सारका मूल्यांकन अधिकृत प्रकाश निरौला, नासु गोविन्द अधिकारी, जाँचपासमा संलग्न अधिकृत हिमलाल शर्मा र नासु श्याम मगरले ७५ अमेरिकी सेन्ट दस्तुर लिएर पास गरेका थिए ।
भन्सार ऐनको दफा ५७ को उपदफा ९ अनुसार यस्तो गम्भीर प्रकृतिको त्रुटि गर्ने र ब्यक्तिगत लाभ लिने कर्मचारीलाई अविलम्ब विभागीय कारवाही र व्यापारीलाई दुई सय प्रतिशत जरिबाना तिराउने नियम छ । तर राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त कपडाको भन्सार मूल्यांकन गर्नेहरुमाथि कारबाही हुने भएपछि गुपचुप गराइएको छ । भन्सार प्रमुख पाठकले प्रधानमन्त्री कार्यालयसम्मै पहुँच पुर्याई उक्त प्रकरण ढिसमिस पार्ने काम गरेको स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend