काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा छन् । कार्यसम्पादन क्षमता कमजोर र अनियमिततामा नाम मुछिएका एमालेकै ४ मन्त्रीलाई हटाउने निष्कर्षमा ओली पुगेको बालुवाटार स्रोत बताउँछ ।
एमालेका चार मन्त्रीका अलावा भ्रष्टाचारमा बदनाम अर्का मन्त्री शरदसिंह भण्डारीलाई पनि बिदा गर्ने तयारीमा प्रधानमन्त्री ओली पुगेका छन् । सरकारमा महत्वपूर्ण मन्त्रालयको मन्त्री भएर विपक्षी गठबन्धनको बैठकमा सहभागी हुने लोसपाको अनैतिक हर्कतबाट प्रधानमन्त्री ओली चिढिएकाले पनि उनको विकल्प खोज्ने पक्षमा छन् ।
कोरियाको ई–७ भिसा प्रकरणः म्यानपावरसँग करोडौैंको डिल
श्रम मन्त्री भण्डारीले कोरियामा कामदार पठाउन म्यानपावरलाई जिम्मा दिएर ईपीएसमार्फत् पठाउनै बन्द गर्ने चलखेलमा लागेको उजागर भएको छ । म्यानपावरसँग करोडौंको डिल गरी ई–७ भिसा ल्याउने जिम्मा दिने खेलमा लागेका भण्डारीलाई हटाउनैपर्ने दबाबमा प्रधानमन्त्री ओली छन् ।
भण्डारीले यसअघि श्रममन्त्री हुँदा बैदेशिक रोजगारीमा जानेहरुलाई तालिम दिने अभिमुखीकरणको शुल्क ७ सयबाट बृद्धि गरी ४ गुणा बढाएर २ हजार ७ सय पुर्याएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त निर्णय नै रद्द गरिदिएका थिए ।
अभिमुखीकरण ब्यवसायीहरुबाट एकमुष्ट ५ करोड घुस लिएर उनले विदेश जान चाहने गरिब युवाहरुमाथि थप भार थप्ने काम गरेका थिए । त्यस अतिरिक्त मलेसियामा कामदार पठाउन सीमित म्यानपावरलाई दिनेगरी सिन्डीकेट कायम गर्नेगरी वाईबी राई र बिजय मानन्धरबाट पनि उनले ठूलो रकम घुस डिल गरी एडभान्स बुझिसकेका थिए । वाईबी राई र बिजय मानन्धरहरुले सिन्डीकेट कायम गर्दा ३० अर्बको कारोबार हुने र मन्त्री भण्डारीलाई ५ प्रतिशत दिनेगरी सेटिङ गरेका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्यो पनि रोकिदिएका थिए ।
देउवाको दबाबमा मन्त्री नियुक्ति
पंचायतकालदेखि बहुदल र गणतन्त्रमा पनि १३ पटक मन्त्री भएका र हरेक पटक भ्रष्टाचारमा बदनाम भण्डारीलाई मन्त्रीमण्डलमा ल्याउने पक्षमा प्रधानमन्त्री ओली थिएनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवाको विशेष जोडबलमा उनी भ्रष्टाचारका पर्याय हुन् भन्ने थाहा भएर पनि ओलीले मन्त्री बनाएका थिए । लोसपालाई सरकारमा लानका लागि देउवाले चर्को दबाब दिनुको कारण कांग्रेसको महाधिवेशन १ बर्ष सार्ने अन्तरनिहीत उद्देश्य लुकेको छ ।
बिधानअनुसार २ बर्षपछि ०८३ मा कांग्रेसको महाधिवेशन गर्नैपर्छ । तर देउवा ०८२ मा महाधिवेशन गर्ने पक्षमा छैनन् । उनी एक बर्र्ष पछि सार्नका लागि बहाना खोजिरहेका छन् । लोसपासँग एकता गर्ने र महाधिवेशन एक बर्ष साने दाउमा देउवा छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर अति बृद्ध भइसकेका छन् । उक्त पार्टी शरदसिंह भण्डारीको कब्जामा भएकाले उनलाई मन्त्री बनाएर पार्टी एकता गरेपछि एक बर्ष महाधिवेशन सार्न पाइन्छ ।
भाषा अध्ययन गरी ईपीएस मार्फत् ८० हजार मात्र शुल्क तिरेर हजारौं नेपाली बैदेशिक रोजगारीको आकर्षक गन्तब्य दक्षिण कोरियामा गइरहेका छन् । यसरी सरकारले नै कोरिया पठाउने ब्यवस्थाले धेरै युवाहरुले राम्रो लाभ लिइरहेका छन् । तर ई–७ भिसा ल्याउने जिम्मा म्यानपावरलाई दिन मन्त्री भण्डारी दत्तचित्त भएर लागेका छन् ।
०५९ सम्म म्यानपावरमार्फत् कोरिया रोजगारीमा जाँदा नेपाली कामदारले १२ लाखसम्म तिर्नुपर्ने बाध्यता थियो । तर रघुजी पन्त श्रम मन्त्री हुँदा उनले ईपीएसमार्फत् कोरिया जान पाउने ब्यवस्था गरेपछि ८० हजार मात्र तिरेर जान पाएका छन् । त्यो पनि पारदर्शी रुपमा भाषा परीक्षा दिएर । यस्तो ब्यवस्था हटाएर पुनः १०–१५ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर कोरिया पठाउने सुरुवात मन्त्री भण्डारीले गर्न खोजेका छन् । केही म्यानपावरहरुसँग सेटिङ गरी मन्त्री भण्डारी करोडांैको चलखेलमा लागेपछि उनलाई पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री ओली पुगेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend