काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन्।
रिपब्लिकन पार्टीले यस निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेनटेटिभ दुवैमा बहुमत ल्याएको छ। डेमोक्रेटिक पार्टी सत्ताबाट पूर्ण रुपमा बाहिरिएको छ र आगामी चार वर्ष ट्रम्पबाट शासित हुनुपर्ने अवस्था बनेको छ।
यसैबीच, एउटा क्रुज कम्पनीले अमेरिकीहरूलाई ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालबाट चार वर्षसम्म छुटकारा दिने प्रस्ताव गरेको छ।
फ्लोरिडामा धारित क्रूज कम्पनी भिल्ला भी रेसिडेन्सेसले ट्रम्पको चार वर्षे कार्यकाल छल्नका लागि चार वर्षे प्याकेजको घोषणा गरेको छ।
‘टुर ला भी’ कार्यक्रम सुरुवातको घोषणा गर्दै कम्पनीले यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा चार वर्षसम्म बिताउन अनुमति दिने र संयुक्त राज्य अमेरिकाबाट टाढा रहन सकिने अफर सार्वजनिक गरेको छ।
टुर ला भी यात्राले ‘भिल्ला भी ओडिसे’ मा एक वर्षको ‘एस्केप फ्रम रियालिटी’ क्रूज, दुई वर्षको ‘मिड-टर्म सिलेक्शन’ क्रूज, तीन-वर्षको ‘एभर्वेयर बट होम’सहित विभिन्न प्रकारका विस्तारित बसाइहरूको विकल्प दिएको छ।
न्यूज विकसँग कम्पनीका सिइओ मिकेल पेटर्सनले आफूहरूलाई कसले जित्छ भनेर थाहा नपाएको तर जसले जिते पनि आधा जनसंख्या निराश हुने अनुमान गर्दै यो अफर लिएर आएको दाबी गरेका छन्।
यस टूरको शुल्क भने एक वर्षका लागि ४० हजार डलरबाट सुरू रहेको छ।
त्यस्तै, एक जनाको लागि क्याबिन लिएमा चार वर्षको लागि २ लाख ५६ हजार डलर रहेको छ भने डबल क्यबिनका लागि ३ लाख २० हजार रहेको जानकारी दिएको छ। यस शुल्कमा सबै प्रकारका खाना, इन्टरनेट र मेडिकल सुविधा पनि समावेश रहेको बताइएको छ।
साथै, सोही शुल्कमा हाउस किपिङ हरेक साता र कपडा धुने सुविधा १५ दिनमा एक पटक समावेश रहेको बताइएको छ। टूरका क्रममा अल्कोहल डिनरको समयमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ।
यात्रुहरूले एक महिना क्यारेबियन समुन्द्रमा बिताउन पाउने छन् भने दुई पनामा नहर ट्रान्जिट, दुई वटा विश्वका आश्चर्य, चिली फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोमा कार्निभल र चार महिनाको दक्षिण अमेरिकाको यात्रा गर्ने अवसर पाउने छन् भने आठ दिन अमेजन नदीमा बिताउन पाइने उल्लेख छ।
यस यात्रामा जाने अमेरिकी नागरिकका लागि २०२६ मा हुने अमेरिकी मिडटर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने व्यवस्था समेत गरिएको छ।
नोभेम्बर ७ मा यो अभियान घोषणा गरेपछि ठूलो मात्रामा यात्रुहरूले जाने चाहना व्यक्त गरेको कम्पनीले जनाएको छ। कम्पनीले ६०० यात्रु रहेको भिल्ला भिई ओडिसीले भर्खरै विश्वभर आफ्नो १५ वर्षको भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ।
जहाजले सबै सात महादेश, १३ विश्व आश्चर्य र १०० भन्दा बढी उष्णक टिबन्धीय टापुहरूको भ्रमण गर्ने कम्पनीले जनाएको छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend