Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  भोलिदेखि जोरबिजोर प्रणाली हट्ने


    बिहिबार, पुष २ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली भाेलिबाट हट्ने भएको छ ।

    जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेकाे हाे ।

    जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।

    ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार