काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।
उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बैंकको अनुसार सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । यी कम्पनीको सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ ।
सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend