नवलपरासी । भन्सारछली तस्करी बढ्दा राजस्व असुली लक्ष्य अनुसार हुनसकेको छैन । खुला सीमाको फाइदा उठाउँदै भारतबाट चिनीदेखि खसीबोका र कुुखुराका चल्ला नेपालमा भन्सारछली गरी भित्रने गरेको छ । पश्चिम नवलपरासीका भारतसँग जोडिएका बलिनगर, नेपालबाट लसुन, केराउ, इलेक्ट्रिक लाइटर, भेप, ब्राजिलियन मकै भारततर्फ तस्करी हुने निर्वाध हुँदैआएको छ ।
नवलपरासीको बलिनगर, महेशपुर र भुजहवा गुठीबाट तस्करी हुँदैआएको छ । भुजहवाबाट सबैभन्दा बढी केराउ, चल्ला , चिनी , मलखाद तस्करी हुन गरेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीको २६ गण पश्चिम नवलपरासीका एसपी प्रकाश वाग्लेले ब्यापारीहरुसँग लाइन मिलाउन सादा पोशाकमा घुमुवा परिचालन गरेका छन् ।
नवलपरासीका सीमा क्षेत्रबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारीसँग नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएका सादा पोशाकका घुमुवाहरुले दररेट तय गरी लाइन दिने गरेका छन् । यसैक्रममा एक ब्यापारीसँग बार्गेनिङ गर्ने क्रममा घुमुवाहरुको झडप नै भएको स्रोतले बताएको छ । घटना गएको कात्तिक २५ गतेको हो । सशस्त्र प्रहरी गण नम्बर २६ नवलपरासीका प्रमुख एसपी प्रकाश वाग्लेले खटाएका घुमुवा सप्रसनि(असई) गणेश यादव र सहायक हवल्दार दयानन्द नाउँले बेलासपुरको एक रेष्टुरेन्टमा ब्यापारी जैसवालसँग बार्गेनिङ गर्ने क्रममा हानाहानको अवस्था आएको थियो ।
स्रोतका अनुसार सशस्त्र प्रहरीको २६ नं. गणकै सामुन्ने सिङ्घानियाले संचालन गरेको चौधरी रेस्टुरेन्टमा घुमुवा असई यादव र नाउँले ब्यापारी जैसवालसँग बार्गेनिङ गरेका थिए । घुमुवा र ब्यापारीबीचको मोलतोल नमिलेपछि विवाद भएको थियो । विवाद बढेर हात हालाहालको अवस्था आएपछि रेष्टुरेन्ट संचालकले नै छुट्याउनुपरेको थियो ।
यसैबीच, नेपालफेस डटकमले गएको कात्तिक २५ गते सशस्त्र प्रहरीको बलिनगर बीओपीका इन्चार्ज र नेपाल प्रहरीको रामनगर प्रहरी चौकीका इन्चार्जको सेटिङमा तस्करी मौलाएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि १० महिनादेखि रामनगर प्रहरी चौकीको इन्चार्ज रहेका राजाराम कुर्मी तानिएका थिए ।
सशस्त्रको बलिनगर बीओपीका इन्चार्ज इन्स्पेक्टर सन्तोष सापकोटा पनि तानिएका छन् । तर उनले अहिलेसम्म पनि बलिनगरबाट रमाना लिएका छैनन् । सशस्त्र प्रहरी बलका महानिरीक्षककै सचिवालय अन्तर्गतको उजुरी छानबिन तथा अनुगमनका डीएसपी सुदिप रेग्मीकै आशीर्वाद रहेकाले उनी सरुवा भए पनि रमाना नलिई बलिनगरमै छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend