काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनकी पत्नी मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ । उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबि गरिएको छ ।
तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन् । उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ । उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी कायम राख्न सक्ने दाबि गरिएको छ ।
राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए । यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइटहाउसमा देखिइनन् । जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए । अमेरिकामा हालका राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ । यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको सुरुवातका रुपमा हेरिएको छ ।
मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आएको छ । बयानमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ । तर, मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेका छन् । उनले पुस्तक विमोचनका लागि निर्धारित समयतालिका यसो हुनुको कारण बताएकी छन् ।
सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनी र मेलानियाका छोरा ब्यारोन ट्रम्प १० वर्षका थिए । त्यतिबेला ब्यारोन स्कुलमा पढ्दै थिए । जसका कारण मेलानिया केही महिनासम्म ह्वाइट हाउस पुग्न सकिनन् । हाल ब्यारोन १८ वर्षका छन् र न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत छन् । जसका कारण मेलानिया न्यूयोर्कको ट्रम्प टावरमा उनीसँगै बस्ने सम्भावना छ ।
सेप्टेम्बरमा फक्स न्यूजसँगको अन्तर्वार्तामा, मेलानियाले ब्यारोनको बारेमा कुरा गर्दै उ न्यूयोर्कमै बस्न चाहेकाले आफुले सो निर्णय गर्नुपरेको बताएकी थिइन् । मेलानिया डोनाल्ड ट्रम्पकी तेस्रो पत्नी हुन्। ब्यारोन ट्रम्प दुवैका एक मात्र छोरा हुन् ।
मेलानिया सन् २०१६ मा भने ह्वाइट हाउसमा भएको बैठकमा सहभागी भएकी थिइन्
डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको चुनाव जितेका थिए । यसपछि तत्कालीन राष्ट्रपति बराक ओबामा र प्रथम महिला मिसेल ओबामाले ट्रम्प र मेलानियालाई भेटका लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए ।
त्यतिबेला मिशेलले मेलानियालाई आफ्नो निजी निवासमा पनि लगेकी थिइन् । मिशेल ओबामाले ह्वाइट हाउसको पहेँलो ओभल कोठामा मेलानिया ट्रम्पलाई चियाको लागि होस्ट गरेकी थिइन् ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend