काठमाडौँ । रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ । यो कानून अन्तर्गत देशमा सन्तान नजन्माउने मानिसहरूलाई प्रोत्साहन गर्न प्रतिबन्ध लगाइनेछ । कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा कुनै पनि सामग्री चलाइने छैन जसले मानिसहरूलाई बच्चा जन्माउनबाट रोक्न प्रेरित गर्ने छ ।
रुसी संसदको तल्लो सदन स्टेट ड्युमाले पनि नोभेम्बर १२ मा यससँग सम्बन्धित प्रस्ताव पारित गरेको छ । अब नोभेम्बर २० मा माथिल्लो सदनमा पेश हुनेछ । यहाँबाट पास गरेपछि, यसलाई स्वीकृतिको लागि राष्ट्रपति भ्लादिमिर पुटिनलाई पठाइनेछ। पुटिनको स्वीकृति पाएपछि यो कानून लागू हुनेछ।
रूस आफ्नो लगातार घट्दो जनसंख्याको कारण समस्यामा रहेको छ । जुन महिनामा देशमा जन्मेका बालबालिकाको संख्या १ लाखभन्दा कम रहेको छ ।
युक्रेन युद्धपछि रुसका ६ लाखभन्दा बढी मानिस मारिएका वा अपाङ्ग भएका छन् । यसले जनतामा झनै नराम्रो असर पारेको छ । यसले सरकारको चिन्ता बढाएको छ । रुसी सरकारले यसबाट उम्कन हरसम्भव प्रयास गरिरहेको छ । सन्तान जन्माउन लाखौं रुपैयाँ पनि दिइन थालिएको छ ।
रुसी सरकारले सन्तान नजन्माउने विचारलाई पश्चिमी देशको उदारवादी प्रचारको रुपमा व्याख्या गरेको छ । नयाँ कानूनले यो प्रचार रोक्न मद्दत गर्ने रुसको विश्वास छ। नयाँ कानुनअनुसार सन्तान नजन्माउन उत्प्रेरित गर्ने व्यक्ति र संस्थालाई ३० हजार डलरसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ ।
मिररको रिपोर्ट अनुसार घट्दो जन्मदरलाई रोक्न सरकारले ‘सेक्स मन्त्रालय’ बनाउने विचार गरिरहेको छ । यसका साथै सरकारले अनौठा प्रस्ताव पनि जनतासामु राखिरहेको छ । सरकारले अफिसमा खाजा खाने समयमा यौनसम्पर्क राख्ने प्रस्ताव गरेको छ ।
मस्कोमा कार्यालयहरूमा काम गर्ने महिलाहरूलाई केही प्रश्नहरूको सूची दिइएको छ। यसमा उनको पिरियड साइकल र ब्यक्तिगत जीवनको बारेमा जानकारी खोजिएको छ । यस पहलअन्तर्गत मस्कोमा २० हजार महिलाको नि:शुल्क प्रजनन परीक्षण पनि गरिएको छ ।
रुसको खाबारोभस्क प्रान्तमा १८ देखि २३ वर्ष उमेर समूहका महिलालाई बच्चा जन्माएमा करिब ८ सय डलरसम्म दिने बताइएको छ । जबकि चेल्याबिन्स्कमा महिलालाई पहिलो सन्तान जन्माएमा ३ हजार डलरसम्म दिइँदै आएको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend