Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ओली-प्रचण्ड फेरि छलफलमा, स्थायी कमिटी बैठक अनिश्चित


    बुधबार, पुष १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी छलफलमा जुटेका छन् ।

    स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भएकाे छलफल कुनै निष्कर्षमा नपुगेपछि अहिले नेकपा महासचिव विष्णु पौडेललाई साक्षी राखेर दुई अध्यक्ष छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष फेरि छलफल जुटेका हुन् । 

    यसअघि भएको छलफलमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई १९ बुँदे प्रतिवेदनमा छलफल हुन नसक्ने बताएका थिए । बालुवाटारमै बसेकाे स्थायी कमिटीकाे बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार