काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन् ।
हारपछिको पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न अपिल गरेकी छन् । यससँगै उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ भनेकी छन् ।
वाशिंगटन, डीसीको हावर्ड विश्वविद्यालयमा एक भाषणमा, ह्यारिसले हार स्वीकार गर्दै भनिन्, ‘चुनावको नतिजा हामीले चाहेको अनुसार भएन ।’
ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएकी छन् ।
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् ।
उनको सम्बोधनका क्रममा उनका समर्थक भावविव्हल बनेका थिए भने धेरैले आँसु पुछेको देखिएको थियो ।
ह्यारिसले आफ्नो सम्बोधनमा भनिन्- ‘मलाई थाहा छ मानिसहरू अझै पनि धेरै भावनाहरूबाट गुज्रिरहेका छन् । म बुझ्छु, तर हामीले यो चुनावको नतिजालाई सम्मान गर्नुपर्छ ।’
ह्यारिसले चुनावमा पराजय भोग्नु परे पनि आफूले उठाएका मुद्दामा संघर्ष जारी राख्ने बताइन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend