काठमाडौं । सोमबार र बिहीबार मात्र हुँदै आएको मन्त्रिपरिषद बैठक आज अकस्मात बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएपछि अनेक आशंका पैदा भएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । पार्टीभित्र विवाद कायम रहेको बेला आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनुले पनि आशंका पैदा गर्ने ठाउँ दिएको छ ।
मन्त्रिपरिषदको बैठकपछि संवैधानिक परिषदको बैठक ११ बजेका लागि राखिएको छ । आइतबार बोलाइएको संवैधानिक परिषद बैठक आजका लागि राखिएको थियो । नेकपाभित्रको विवाद थाँती रहेकी बेला संवैधानिक परिषद बैठक बोलाइएकोमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा बिरोध गरेका छन् । आतइबारको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नगएकाले स्थगित भएको थियो ।
आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा पनि नजाने संकेत पाएपछि स्थगित भएको थियो । आजको बैठकमा देउवा उपस्थित हुने नहुने एकीन भएको छैन । उपसभामुख नभएकाले संवैधानिक परिषदमा ५ जनामात्र छन् । बैठकको कोरम पुर्याउन ४ सदस्य चाहिन्छ । परिषदमा सकेसम्म सहमतिका साथ संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्नुपर्ने प्रावधान छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend