Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन


    बिहिबार, कार्तिक ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ ।

    सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ ।

    पोखरामा विहिबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

    सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन् ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पिडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

    उनले सहकारी पिडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार