Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य घट्याे


    सोमबार, मंसिर २९ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

    यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार