काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।
जसमा काठमाडौँको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ३ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय रोहित सिजापति समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ३ सय ५० रूपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लिखोला बस्ने धर्म बहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय देव बहादुर केसी समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend