काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् ।
नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए ।
उनले भने- ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’
विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको ठहर गरेको छ । सहकारी छानबिन संसदीय समितिले लामिछाने सहकारी ठगीमा संलग्न भएको ठोस प्रमाण पेश गर्न नसकेको अवस्थामा प्रतिशोध साध्न उनलाई पक्राउ गर्न लागिएको ठहर बैठकले गरेको छ । सत्ता जोडघटाउको अङ्कलाई लिएर ओली सरकारले बिनाआधार र प्रमाण रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधको प्रयास गरेकोमा त्यसको सामूहिक प्रतिवाद गर्ने समझदारी शुक्रबारको बैठकमा बनेको माओवादी नेता शक्ति बस्नेतले बताए ।
बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको विषयमा समेत छलफल भएको बुझिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend