Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले अध्यादेश ल्याएर पार्टी बिभाजन गर्न खोजेपछि प्रतिपक्षी दलहरुको बैठक बस्दै


    शुक्रबार, कार्तिक २ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

    प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शुक्रबार)को मन्त्रिपरिषद बैठकमा नेकपा एकीकृत समाजवादी र अशोक राईको जनता समाजवादी पार्टी नेपाल विभाजन गराउन अध्यादेश ल्याउँदैछन् । अध्यादेश ल्याउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहाबहादुर देउवालाई बुधबार कुराकानी गरी ओलीले सहमत गराइसकेका थिए । तर पछि कांग्रेसका नेता र राष्ट्रपति रामचन्द्र पौडेलले थाहा पाएपछि देउवालाई एमालेले अध्यादेश ल्याएर नेकपा एस र जसपा बिभाजन गराई एकता गराएर ठूलो पार्टी हुने र कांग्रेसलाई सरकारबाट हटाउने खेल खेलेकाले एमालेको रणनीतिमा नफस्न सचेत गराएपछि देउवा ब्याक भएको उच्च स्रोत बताउँछ ।

    स्रोतका अनुसार अझै पनि ओली देउवालाई प्रधानमन्त्री आजभोलि नै बनाइदिने ललीपप देखाएर अध्यादेश ल्याउने र नेकपा एस र जसपा फुटाउने खेलमा छन् । माओवादीसहितका प्रतिपक्षी दलहरुले देउवालाई प्रधानमन्त्री अफर गरेपछि ओलीले आफू अहिले नै छाड्न तयार रहेको सन्देश देउवासम्म पुर्याइसकेका छन् ।

    ओलीले अध्यादेश ल्याएर साना पार्टी फुटाउन खोजेको सूचना पाएपछि प्रतिपक्षी दलहरुको बैठक राखिएको स्रोत बताउँछ । ओलीको पार्टी फुटाउने खेलका अलावा बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

    बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार