Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै


    शुक्रबार, कार्तिक २ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिजको पहिलो खेलमा टस हारेको छ ।

    अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यस खेलमा टस हारेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल खेलिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन ।

    यस खेलमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, र सगर ढकाल खेलिरहेका छन् ।

    नेपालले सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार