काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ ।
सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएको बताइएको छ । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको र बिहार पुलिस कडा कारबाही गर्न तयार भएको बताएको छ ।
यस घटनामा अहिलेसम्म ९–१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।
मुख्यमन्त्री नितिश कुमारले लागुऔषध निषेध, उत्पादन तथा पञ्जीकरण विभागका सचिवलाई घटनास्थलमा गएर सम्पूर्ण अवस्थाको जानकारी लिन निर्देशन दिएका छन् । बिहारमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध कानुन लागू रहेको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend