Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ६२३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    आइतबार, मंसिर २८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएको छ। सक्रिय संक्रमितको संख्या घट्दै गएपछि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या पनि घट्दै गएको हो। 

    १० हजार ९ सय ९४ कुल सक्रिय संक्रमितमध्ये ६ हजार २ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ७ सय ६२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या शनिबार ६ हजार ९ सय ३२ र शुक्रबार ७ हजार ३ सय ४१ जना थियो। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार ५ सय ८० जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ७ सय १४, प्रदेश २ मा १ सय ६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ९ सय ६०, कर्णालीमा १ सय २९ र सुदूरपश्चिममा ७ सय ३० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार