Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति


    शनिबार, मंसिर २७ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । 

    शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए) ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

    समाचार संस्था रोयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ ।

    यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए ।

    पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । 

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् । 

    यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ । बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने भारतमा आपत्कालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार