Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ६९३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    शनिबार, मंसिर २७ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ६ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    ११ हजार ६ सय ७३ कुल संक्रमितमध्ये ६ हजार ९ सय ३२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ७ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार ८२ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ७ सय ३१, प्रदेश २ मा १ सय ३२, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा १ हजार ७४, कर्णालीमा ९२ र सुदूरपश्चिममा ७ सय ५७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार