Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १३५९ जना कोरोना संक्रमणमुक्त


    शनिबार, मंसिर २७ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २४ घण्टायता नेपालमा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ।

    उक्त अवधिमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

    पछिल्लो २४ घण्टामा नेपालमा ८९९ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार