Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • घरअगाडि पार्किङ्ग गरेको भ्यानमा अपरिचित व्यक्तिले लगाई दिए आगो


    शनिबार, मंसिर २७ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी  । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेको छ ।

     घरअगाडि राखिएको स १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी भएको मुखियाले बताएका छन् । प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।शनिबार बिहान करिब १ बजेतिर घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । आगो स्थानीयबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।तस्वीर रासस

    ArunkumarYadav_Rajbiraj_RSS_27_Van(1).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार