काठमाडौं । अखिल नेपाल फुटबल संघ(एनफा) ले महिला र पुरुष खेलाडीलाई समान तलब उपलब्ध गराउने निर्णय गरेको छ ।
एनफाकाे बिहीबार बसेकाे बैठकले पुरुष र महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई समान १८ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको हो ।
यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो ।
यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।