अबुधावी । नेकपा एमाले समर्थित प्रवासी नेपाली मंच युएईमा भाँडभैलो मच्चिएको छ । नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च यूएईको नयाँ नेतृत्व चयन भएको छ । गएको भदौ ३० गते आबुधावीमा सम्पन्न मंचको सातौं महाधिवेशनले बाबुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।
मंचका अध्यक्षदेखि २९ सदस्यीय कार्यसमितिमा चयन भएकाहरुकोबारेमा विवादै विवाद छ । सबैभन्दा बढी विवाद उपाध्यक्ष गोकुल कुईकेलको नाममा दखिएको छ । मन्चको अधिवेशनमा सहभागी अधिकांशले कुईकेलको नाममा असहमति राखेको र दाबी बिरोध गरेको अवस्थामा अध्यक्ष मण्डलले त्यसको बेवास्ता गरी उनलाई उपाध्यक्ष बनाएको आरोप छ ।
युएईस्थित नेपाली दूताबास अबुधावीका श्रम हेर्ने उपसचिवको आफन्त गाउँले भन्दै कुईकेलले थर्काउदै हिंड्ने गरेको गुनासो हलमा धेरैले गरेका थिए । विवादास्पद छविका पूर्व सशस्त्र प्रहरीका भगौडा सिपाही कुईकेलले आफ्नो बिरोध गर्नेलाई जे पनि गर्नसक्ने धम्की दिएपछि मंचको अधिवेशन छाडेर हिंड्न बाध्य भएको मंचकै कार्की थरका एक पदाधिकारीले बताएका छन् ।
एमालेले जिल्ला कमिटीको मान्यता दिएको प्रवासी मंचमा उपाध्यक्षमा तानेर ल्याइएका कुइँकेलले २०७८ मा मात्र एमालेको सदस्यता लिएको खुलेको छ । सेक्युरिटी गार्डको काम गर्ने कुइँकेल आफूलाई दूताबासको श्रम शाखाको प्रमुखको नाममा डिमान्ड निकाल्नेदेखि विभिन्न सेटिङका काममा संलग्न रहेको आरोप छ । उनले श्रम शाखाको सेटिङको काम गर्ने गरेको अडियो क्लीप नै अध्यक्ष मण्डललाई सुनाउँदा पनि जबर्जस्ती उनलाई उपाध्यक्ष बनाइएकोमा मंचमा लामो समयदेखि सक्रिय धेरै एमाले समर्थकहरु रुष्ट भएका छन् ।
कुइँकेल श्रम शाखाको नाममा डिमाण्ड पास गर्ने सुन तथा हुन्डीको अबैध कारोबारमा संलग्न रहेको आरोप छ । सेक्युरिटी गार्ड काम गर्नेहरुलाई प्रयोग गरी एमालेमा आएको ३ बर्षमै उनी मंचको उपाध्यक्ष बन्न सफल भएका छन् । उनले एक नेपाली युवालाई हिटरको ब्यबसाय गर्ने भनेर अबुधावी लगी रकम लिएको र थर्काएर राखेको ती युवाका आफ्न्तको गुनासो रहँदैआएको छ । युएईको प्रवासी मंचमा विवाद धेरै बढेपछि एमाले केन्द्रबाट कोही पनि उक्त कार्यक्रममा गएनन् । नेपालबाट कोही नगएपछि अमेरिका बस्ने संजय थापा उक्त कार्यक्रममा आफैं प्रमुख अतिथि तथा आफैं अध्यक्षमण्डलको अध्यक्ष भएका थिए ।
कुइँकेल भगौडा सशस्त्र प्रहरीको सिपाहीबाट छाडेपछि माओबादीमा लागेका थिए । तर यसबीचमा काण्डैकाण्ड लागेका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत दुबई घुम्न गाको बेला उनका सहयोगी गिरीका माध्यमबाट परिचय गरी एमाले प्रवेश गरेका थिए । २०७८ मा सदस्यता लिएपश्चात् युएईमा पार्टी तथा गार्डहरुको दुरुपयोग गरी पुराना एमाले नेता–कार्यकर्ताहरुलाई कार्यक्रम प्रवेश रोक लगाइ आफू अनुकूल निर्णय गराउँदै गइरहेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा...
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend