Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सिरहामा पेस्तोल देखाएर ४ लाख लुटपाट


    बुधबार, मंसिर २४ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहामा पेस्तोल देखाएर बुधबार चार लाख रुपैयाँ लुटिएकाे छ।

    इलाका प्रहरी कार्यालय लहानका अनुसार मास्क लगाएर आएका दुई जनाको समूहले बुधबार दिउँसो लहान नगरपालिका–२३ का ५४ वर्षीय जागेश्वर यादवलाई पेस्तोल देखाई ४ लाख रुपैयाँ लुटपाट गरेको हो ।

    घरायसी ऋण तिर्न लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थबाट चार लाख रुपैयाँ झिकेर घर फर्किदै गर्दा यादवलाई पेस्तोल देखाएर लुटपाट गरिएको प्रहरीले जनाएकाे छ ।

    लुटपाट गरिसकेपछि मोटरसाइकल चढेर उनीहरु भागेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार