Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा सशस्त्र र नेपाल प्रहरीका जवानबीच हात हालाहाल


    बुधबार, मंसिर २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राजविराज । सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । नेपाल-भारत सीमा नाका तिलाठीमा बुधबार दिउँसो झडप भएकाे हाे ।

    तिलाठी कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

    भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताए ।

    कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भएपनि सीमामा दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन् । मानिसकाे ओहोरदोहोरले तस्करी पनि मौलाएको छ ।

    सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार