न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका कार्यकर्ताले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गरेका थिए। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाको स्वागतका लागि हाल अमेरिकामै रहेका कांग्रेस केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल पनि विमानस्थल पुगेका थिए।
यसैगरी मन्त्री राणाको स्वागतका लागि संयक्त राष्ट्र संघको नेपाल मिसनका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेल, न्यूयोर्कस्थित वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूत, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि पनि विमानस्थल पुगेका थिए।
जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्रमन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनीतिक दलका प्रवासी संगठन, सामाजिक संघ संस्था, नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए।
उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन नेपालीका तर्फबाट परराष्ट्र मन्त्री राणासँग आग्रह गरिएको जानकारी दिए।
यसैबीच नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले भोली आइतबार साँझ न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डाक्टर राणाको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च, आदिवासी जनजाति महासंघ, मधेशी एसोसिएशन, एनआरएन न्यूयोर्क च्याप्टरलगायतका संघ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुने विष्टले बताए।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend