माधव पौडेल
नेपाल र भारतको सम्बन्ध ठूलो बरको रुखमुनि उम्रेको आँपको बुटा जस्तो रहेको छ । भारतले नेपाललाई छायाँ दिन्छ, पोषण दिन्छ, दुःख हुन दिन्न । दुःख परेको समयमा सहयोग गर्छ । तर नेपाल स्वतन्त्र, आत्मनिर्भर र बलियो भएको कहिल्यै देख्न सक्दैन ।
भारतको राजनीतिक नेतृत्व गर्ने जुनसुकै दलका भए पनि नेपाल सम्बन्धमा समाना धारणा राख्छन् । माओवादी द्वन्द्वकालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बेल्जियमबाट ५ हजार थान राईफल खरिद गर्दा भारत उनीसँग असन्तुष्ट भएको थियो । र, अहिले पनि भारतले देउवालाई पहिलो विकल्पका रुपमा पत्याएको देखिंदैन ।
देशको प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको कार्यशैली जस्तोसुकै भए पनि राष्ट्रको नेतृत्व गर्ने सन्दर्भमा भारतसँग गिरेर समझदारी उनले गरेको देखिंदैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चिनियाँ प्रधानमन्त्री नेपाल आएको समयमा भएका वार्ता र निर्णय उनले भारतीय गुप्तचर एजेन्सी ‘रअ’ लाई जानकारी गराएको आरोप लाग्दैआएको छ । नेपालका प्रधानमन्त्रीको हैसियतले डा. भट्टराईले कूटनीतिक मर्यादाभन्दा बाहिर भएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको पनि चर्चा भएको थियो ।
वर्तमान नेपालको नेतृत्व ठूला दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । भारतको विश्वासपात्र यी दुवै नेता नभएका कारण तेस्रो पात्रको खोजीमा भारतीय सुरक्षा एजेन्सी लागिरहेका थिए र अहिले पनि लागिरहेका छन् । नयाँ सरकार गठन भएपछि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा स्वास्थ्य परीक्षण र भारतीय जनता पार्टीका नेता बिजय चौथाइवालेलाई राखी बाँध्ने(रक्षाबन्धन) बहाना बनाएर गएको भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् ।
मन्त्री राणाले आफूसँग परराष्ट्र मन्त्रालयका कर्मचारी र स्वकीय सचिवसहित ७ कर्मचारी भारत भ्रमणमा जाने टोलीमा सहभागी गराउने मन्त्रिपरिषदमा पठाएकी थिइन् । तर प्रधानमन्त्री ओलीले ७ मध्ये ३ कर्मचारीको भ्रमण मात्र स्वीकृत गरी बाँकी कर्मचारीको आवश्यकता दिल्ली दूताबासबाट पूरा गर्ने ब्यवस्था गर्न भनेका थिए । मन्त्री राणा दिल्ली पुगेपछि भारतीय सुरक्षा एजेन्सीको ब्यवस्थापनमा उनको भ्रमणलाई नेपालका सरकार प्रमुखको सरह महत्व दिइयो ।
आरजुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्चपदस्थ अधिकारीहरुले उच्च सम्मानका साथ भेटघाट गरेका थिए । भारतको चाहना नेपालको आगामी नेतृत्व राणाले हाँकून् भन्ने रहेको उनलाई गरेको सम्मानले प्रकट गरेको थियो । आरजुको भारत भ्रमणले प्रधानमन्त्री ओलीको मनमा शंका र इष्र्या जाग्नु स्वभाविक थियो । भारतलाई झस्काउन ओलीले अकस्मात चीन भ्रमण गर्ने घोषणा गरे ।
भारतीय एजेन्सीले प्रधानमन्त्री ओलीको चीन भ्रमण औचित्यहीन बनाउने भूमिका आरजुबाट पूरा हुने अपेक्षा गरेका थिए । मन्त्री राणाको प्रधानमन्त्रीको चीन भ्रमण अगाडिको भूमिकाबाट चाहना पूरा हुने संकेत पनि भारतीय एजेन्सीको रहेको थियो । तर राणा चीन पुगेपछि भारतभन्दा ठूलो सम्मान र भविष्यको आश्वासन पाएकी थिइन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण कुनै ठूला सम्झौता गर्ने उद्देश्यले नभई भारतलाई झस्काउने उद्देश्यमात्र रहेका कारण कुनै पनि सन्धि सम्झौता नहुने हल्ला चलेको थियो ।
चीन भ्रमणअगाडि ऋण सहयोग लिनेगरी ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई)मा सम्झौता कुनै हालतमा नगर्ने कुरामा ओलीलाई कांग्रेसले प्रतिज्ञा पनि गराएको थियो । ओलीको यात्रा एक दिन लम्ब्याएर चीनमा बीआरआई सम्झौता भयो । र, यो सम्झौता गराउने प्रमुख नेतृत्व परराष्ट्र मन्त्री राणाको थियो । राणाले भारत र चीनबीच ब्यालेन्स कूटनीतिक कदम चालेको भारतीय एजेन्सीलाई मन परेन । यही पुसको पहिलो साता भारत भ्रमणमा जाँदा मन्त्री राणालाई उपेक्षा गरेर भारतले त्यसको संकेत गरेको छ । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाइदिन आग्रह गर्न उनी यूरोपबाट सोझै दिल्लीमा पुगेकी थिइन् ।
मधेशवादी दलहरुलाई एकीकरण, एमालेबाहिरका कम्युनिष्ट शक्तिहरुलाई जुटाउने र पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले ब्यवस्था परिवर्तनका लागि भारतीय सुरक्षा एजेन्सीको परिश्रमले चाँडै नै नेपालमा बंगलादेश, श्रीलंका, सिरिया जस्तो वातावरण हुने देखिन्छ ।
भारत भ्रमणमा आउँदा उनलाई त्यहाँका बिदेश मन्त्रालयका उपसचिवले स्वागत गर्नुका साथै उच्च पदाधिकारी कसैले पनि नभेटेपछि राणाले अपमानित महसुस गर्नुपरेको थियो । तर पहिलो भ्रमण र दोस्रो भ्रमणबीचको अन्तर मन्थन गर्दै एक साता दिल्ली बसेर उनी नेपाल फर्किएकी थिइन् ।
मन्त्री राणालाई ठूलो महत्वका साथ जिम्मेवारी दिन खोजे पनि चीनमा उनले खेलेको भूमिकाबाट भारतीय एजेन्सी अर्को पात्रको खोजीमा रहेकोे घटनाक्रमले देखाउन थालेका छन् । यसका लागि संविधान, ब्यवस्थाबिरुद्ध माहौल बनाउने समेत अभियान प्रारम्भ गरिसकेको छ ।
भारतीय सुरक्षा एजेन्सीको मुखपत्र मानिने आजतक न्यूज च्यानलका बरिष्ठ पत्रकार सुधीर चौधरीले ओलीकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा करोडौं रकम रहेको र ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको डिजिटल समाचार प्रकाशन गरी स्पोन्सर नै गरी प्रशारण गरिरहेको नेपालीको मोवाइलमा समेत भाइरल छ ।
अर्कोतर्फ मधेशवादी दलहरुलाई एकीकरण, एमालेबाहिरका कम्युनिष्ट शक्तिहरुलाई जुटाउने र पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले ब्यवस्था परिवर्तनका लागि भारतीय सुरक्षा एजेन्सीको परिश्रमले चाँडै नै नेपालमा बंगलादेश, श्रीलंका, सिरिया जस्तो वातावरण हुने देखिन्छ ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend