काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणासहितको टोली अमेरिकाको न्यूयोर्कमा रहेको छ । राष्ट्रसंघको कार्यक्रममा भाग लिनका लागि प्रधानमन्त्रीसहितको टोली न्यूयोर्कमा रहेको बेला अमेरिकास्थित केही नेपाली अगुवा दाबी गर्नेहरु भने आफ्नो स्वार्थको रोटी सेक्न तल्लीन भएका छन् ।
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि सन् २००८ मा झुटा कागजात पेश गरी शरणार्थीको रुपमा ग्रिनकार्डको लागि आवेदन दिएका राजु पराजुली परराष्ट्रमन्त्री राणासँग राम्रो सम्बन्ध भएको तुजुक देखाउँदै मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक बाणिज्य दूत हुने चलखेलमा लागेका छन् ।
यसअघिका अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीका सम्धी भएकाले मन्त्री राणासँग भेटेको र ती दुई राज्यको अबैतनिक दूतका लागि आफूले सहमत गराइसकेको भन्दै बाल्टिमोरका नेपालीहरुलाई भन्न थालिसकेका छन् । मेरिल्याण्ड र पेन्सिलभेनियाका अवैतनिक महाबाणिज्यदूत लोकगायक प्रेमराजा महत छन् । उनलाई हटाउने खेलमा पराजुली लागेका छन् । लमजुङको हाल राइनास नगरपालिकाको एक सामान्य परिवारका पराजुली पानीजहाज हुँदै थुप्रै दिन लगाएर अबैध रुपमा अमेरिका प्रवेश गरेका नेपाली हुन् ।
द्वन्द्वपीडित भएकाले नेपालमा बस्न नसकेको, ज्यान खतरामा परेको झुटा कागजात पेश गरी ग्रिनकार्ड फाइल गरेका नेपाली हुन्, पराजुली । नेपालमा सुरक्षा थ्रेट रहेको भनेर झुटा विवरण पेश गरे पनि द्वन्द्वमा उनलाई कुनै खतरा नभएको माओवादी लमजुङका एक नेता नै बताउँछन् ।
अमेरिकास्थित मेरियाण्डको हण्टभ्यालीमा भारतीयसँगको साझेदारीमा इन्डियन ओसन र ताजमहल होटल संचालन गरेका छन् पराजुलीले । भारतीय र केही नेपालीलाई साझेदारलाई उनले धोका दिएर होटलको स्वामित्व हडपेको आरोप छ । सम्धी खत्री राजदूत हुँदा राजदूताबासमा हुने सबै कार्यक्रममा खाना र खाजाको ठेक्का समेत उनैले पाउने गरेका थिए ।
राजदूताबासका कार्यक्रममा ४० जना उपस्थित हुँदा पनि १ सय जनालाई खाना खुवाएको बिल पेश गरेर भुक्तानी लिने गरेको आरोप पराजुलीमाथि छ । दूताबासका कर्मचारीसँग मिलेर उनले क्याटरिङमा समेत अनियमितता गर्ने र साझेदारलाई धोका दिएर रवाफ देखाउँदै आएका उनी अब मन्त्री आरजु राणालाई प्रभावमा पारी जसरी नि प्रेमराजालाई हटाएर मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक दूत हुने ध्याउन्नमा सबै शक्ति लगाउँदैआएका छन् ।
नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति अमेरिकाकाको सदस्यता लिएका पराजुलीले श्रीमतीलाई एमालेनिकट प्रवासी नेपाली संघको सदस्य बनाएका छन् । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनलाई खुसी पारी डेरावर राज्यको पर्यटन दूत भएका उनलाई सुदन किराँती आएपछि हटाएका थिए ।
माओवादी द्वन्द्वका कारण अमेरिकामा शरणार्थी भएको भन्दै झुटा कागजात पेश गरी ग्रिनकार्ड फाइल गरेका पराजुलीले सोही पार्टीबाट पर्यटन मन्त्री भएका सुनद किराँतीको चाकडी गरेर मेरिल्याण्डको पर्यटन दूत भएका थिए । बाल्टिमोरका नेपालीहरुको बीचमा पनि उनको छवि राम्रो छैन । उनलाई बाल्टिमोरको नेपाली समाज भाँडेको आरोप छ ।
एनआरएनएको चुनाव होस् कि बानाको होस्, उनको भूमिका दोहोरो रहँदैआएको छ । एनआरएनको गत चुनावमा कुल गुरुङको पक्षमा लागेको भ्रममा पार्ने र रातभर गुरुङका प्रतिस्पर्धी प्रेम सुवेदीसँग गोप्य भेटघाटमा रमाउने गरेको आरोप लागेको थियो ।
त्यसो त बानाको पछिल्लो चुनावमा सुबोध पन्तको पक्षमा लागेको भने पनि उनलाई समेत धोका दिएर हिरा गुरुङलाई उचाल्नेतिर बढी लागेका थिए । आगामी मार्च २०२५ मा हुने बानाको चुनावमा जितेन गुरुङको पक्षमा उनी देखिएका छन् । तर अन्तिम मितिसम्म उनको भूमिका के हुने हो भन्नेबारेमा आशंका गर्न थालिएको छ ।
नेपाली समाजमा यस्तो विवादास्पद छवि भएका पराजुली सम्धीको आडमा आरजुसँग निकटता देखाएर मेरिल्याण्ड र पेन्सिलभेनियाको अवैतनिक बाणिज्यदूत हुन साम दाम दण्ड भेदको नीति अंगिकार गरी लागेका छन् । परराष्ट्रमन्त्री क्यानडाबाट बुधबार अमेरिका पुग्दा जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टसहित पराजुली पनि स्वागत गर्न पुगेका थिए । जहाँ अधिकांश स्वागत गर्न जाने नेपालीले ढाका टोपी लगाएका छन्, तर पराजुलीको शीरमा देखिंदैन ।
पराजुलीको खण्डन, मेरो मानमर्दन भयो
नेपालफेसमा प्रकाशित समाचारको राजु पराजुलीले प्रेस काउन्सिलमार्फत् खण्डन पठाएका छन् । १३ असोज, २०८१ मा पठाइएको उक्त खण्डन नेपालफेस डटकममा काउन्सिलबाट १४ असोज, २०८१ मा पठाइएको छ । जसमा पराजुलीले समाचारप्रति आपत्ति जनाउँदै लेखेका छन्– ‘मेरो जन्मभूमि नेपालको लमजुङ जिल्ला हो र हाल अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा पर्यटन तथा हस्पिटालिटी व्यवसाय गरी बस्दै आएको छु । मेरो विषयमा नेपालफेस डटकमले तथ्यहीन, भ्रामक तथा व्यक्तिगतरुपमा चरित्रहत्या गर्ने मनसायले समाचार छापेको छ ।
मलाइ मात्र होइन, नेपाल राज्यको प्रतिनिधित्व गर्ने महामहिम राजदूत श्रीधर खत्री र नेपाली राजदूतावासलाई धरी मानमर्दन हुनेगरी समाचार प्रकाशित गरेको छ । यसमा प्रकाशित समाचारले मलाई मानसिक र सामाजिक रुपमा असर पुर्याएको छ । प्रेस काउन्सिल नेपाल ऐन २०४८, आचारसंहिता र नेपाल पत्रकारकार आचारसंहिता २०७३ अनुसार यस मिडिया नेपालफेस डट कम र समाचार संप्रेसण गर्ने पत्राकारलाई हदैसम्मको कारवाही गर्न अध्यक्ष समक्ष अनुरोध गर्दछु ।’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend