Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो बर्षको राष्ट्रिय बालसहभागिता सम्मान गौरी प्रधानलाई प्रदान


    मंगलबार, असोज १ २०८१
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल) ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानलाई प्रदान गरेको छ ।

    सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तीकरणका लागि नागरिक संवाद कार्यक्रमका बीच प्रधानलाई राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी छन् ।

    चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भूमिकामा रही बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएका कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताए ।

    नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानले निरन्तररुपमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

    साथै उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका बमबहादुर बानियाँ, NACG  का अध्यक्ष किरण थापा लगायतका व्यक्तित्वले बालिका सहभागिता तथा सशक्तीकरणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए ।सो कार्यक्रममा बालअधिकार अभियन्ता विष्णु खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार